Comments Add Comment

तिहारको मुखमा आकासियो तरकारीको मूल्य (सूचीसहित)


१ कात्तिक, काठमाडौं । तिहार लागेसँगै बजारमा तरकारीको मूल्य उच्च दरमा बढिरहेको छ । विशेषगरी हरियो तरकारीको मूल्य अस्वभाविक रुपमा बढेको छ ।

कालीमाटी बजारमा नै तरकारी छोइनसक्नु भएपछि शहरका विभिन्न भागमा रहेका खुद्रा पसलहरुमा तरकारी किन्ने सर्वसाधारण निकै मारमा परेका छन् ।

३ दिन यता काठमाडौंको मुख्य कालीमाटी बजारमा काउली, मुला, भन्टा, बोडी, घीउसिमी, तितेकरेला, परवल, चिचिन्डो, घिरौंला, स्कुस, हरियो प्याज र लसुनको मूल्य उच्च दरमा बढेको छ ।

असोज २९ गते अर्थात आइतबार भेडे खुर्सानीको मूल्य प्रतिकिलो १४० रुपैयाँ थियो । अहिले भेडे खुर्सानी महंगिएर मूल्य २२० रुपैयाँ पुगेको छ ।

सुकेको लसुन ३ दिनमै किलोको २०० रुपैयाँ बाट २५० रुपैयाँ भएको छ । सुकेको खुर्सानी पनि महंगिएको छ । सुकेको खुर्सानी प्रतिकिलो २०० रुपैयाँबाट २५० रुपैयाँ भएको छ ।

कुरिलोको मूल्य पनि सबैभन्दा माथि उक्लिएको छ । कुरिलो प्रतिकिलो ४५०बाट ५०० रुपैयाँ भएको कालिमाटी तरकारी तथा फलफूल बजार विकास समितिले जानकारी दियो ।

च्याउ पनि प्रतिकिलो १३० रुपैयाँबाट १६० रुपैयाँ पुगेको छ । कागती पनि कािलेको ७ सयबाट ७५० रुपैयाँ भएको छ ।

बजारमा सबै तरकारी महंगिएका छन् । अहिले बजारमा भाउ नबढेका कुनै तरकारी नै उपलब्ध छैनन् ।

के कारण बढ्दैछ मूल्य ?

तरकारी तथा फलफूल बजार विकास समितिका अनुसार यो समयमा तरकारीको माग उच्च हुन्छ । तर, आपूर्ति नबढ्दा मूल्य बढ्ने गरेको बताउँछन् समितिका कार्यकारी दिर्नेशक, तेजेन्द्र पौडेल ।

अहिले तराईमा ठूलो मात्रामा तरकारी उत्पादन हुँदैन । यो समयमा पहाडी भेग र भारतबाट आउने तरकारीमा राजधानीको बजार निर्भर छ । चाडबाडको समयमा तरकारीको मूल्य बढ्नु अस्वभाविक नभएको उनको तर्क छ ।

‘माग बढ्दा समेत आपूर्ति कम हुँदा मूल्य बढेर जान्छ । गतवर्षहरुमा पनि यस्तै क्रम देखिनथ्यो’ पौडेलले भने, ‘तराईमा पनि यो समयमा तरकारीको उत्पादन पर्याप्त छैन । मागअनुसार आपूर्ति नहुँदा बजारमा मूल्य बढ्छ ।’

पौडेलले बजारमा तिहारको समयमा पनि आपूर्ति भने नघट्ने समितिले जनाएको छ । उत्पादन, आपूर्ति र मागको अनुपात नमिल्दा उपभोक्ताले महंगोमा तरकारी किन्नपर्ने भएको छ ।

यतिबेला धादिङ, काभ्रे, मकवानपुर, नुवाकोट, भक्तपुर लगायतका क्षेत्रबाट बढी मात्रामा तरकारी बजारमा आउँछ ।

तरकारीको तुलनात्मक मूल्य सूची
 कृषि उपज २९ गतेको मूल्य रू. (रू.) आजको मूल्य (रू.)
गोलभेडा ठूलो ६० ८०
गोलभेडा सानो ८० ९०
अालु रातो ४० ५०
अालु सेतो ३० ४०
प्याज सुकेको ७० ८०
गाजर ८० ९०
बन्दा ५० ६०
काउली स्थानिय ७० ९०
मूला सेतो ४० ५०
भन्टा लाम्चो ६० ७०
बोडी ११० १२०
मटरकोशा १३० १४०
घिउ सिमी ९० १००
भटमासकोशा ९० ८०
तितो करेला ८० ९०
लौका ४० ५०
परवर ६० ७०
घिरौला ४० ५०
फर्सी पाकेको ४० ५०
फर्सी हरियो ५० ५०
भिण्डी १०० ९०
बरेला ७० ६०
पिंडालू ४० ५०
स्कूस १५ २०
रायो साग ६० ७०
पालूगो साग ६० ७०
चमसूरको साग ६० ७०
तोरीको साग ५० ६०
मेथीको साग ६० ७०
प्याज हरियो ११० १२०
च्याउ १३० १६०
कुरीलो ४५० ५००
चुकुन्दर ८० ९०
जिरीको साग ६० ७०
सेलरी ११० १२०
पार्सले ११० १२०
सौफको साग ६० ७०
पुदीना ११० १२०
गान्टे मूला ६० ७०
इमली १२० १३०
तामा १४० १५०
तोफु ८० ९०
गुन्दुक २०० २२०
स्याउ ११० १२०
केरा ५० ७०
कागती ७०० ७५०
अनार १८० २००
सुन्तला ११० १२०
तरबुजा ७० ७०
मौसम ७० ७०
भुर्इ कटहर ११० १२०
काक्रो ८० १००
नासपाती ७० १२०
मेवा ९० ८०
लप्सी ४० ५०
अदुवा ६० ७०
खु्र्सानी सुकेको २०० २५०
खु्र्सानी हरियो १०० १२०
भेडे खु्र्सानी १४० २२०
लसुन हरियो १५० १७०
हरियो धनिया १४० १५०
लसुन सुकेको चाइनिज २०० २५०
लसुन सुकेको नेपाली २०० २५०
छ्यापी सुकेको २०० २२०
छ्यापी हरियो ६० ७०
माछा ताजा २५० २६०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment