Comments Add Comment

ताप्लेजुङमा लिम्बुवान र राप्रपाका अध्यक्षसहित पदाधिकारीको राजीनामा

१ कातिक, ताप्लेजुङ । राप्रपा र संघीय लिम्बुवान मञ्चका जिल्ला अध्यक्षसहितका पदाधिकारीले एकैपटक पार्टीबाट राजीनामा दिएका छन् ।

बुधबार संघीय लिम्बुवान मञ्चका जिल्ला अध्यक्ष किर्तीमान मादेनको निवासमा पत्रकार सम्मेलन गर्दै अध्यक्ष किर्तीमान मादेन र केन्द्रीय सचिवालय सदस्य होम तुम्बाहाम्फे सहितका पाँच जना र राप्रपाका जिल्ला अध्यक्ष चन्द्र मादेन सहितका ११ जनाले संयुक्त रुपमा पार्टीबाट राजीनामा दिएका हुन् ।

पहिचान र संघीयताको मुद्दा बोकेका शक्तिहरुको पनि एकता आवश्यक रहेको भन्दै राजीनामा दिएको लिम्बुवान मञ्चका जिल्ला अध्यक्ष किर्तीमान मादेनले बताए ।

मञ्चका केन्द्रीय सचिवालय सदस्य होम ताुम्बाहाम्फे, केन्द्रीय सदस्य नेत्र खतिवडा, जिल्ला सचिव विष्णु शेखर तुम्बाहाम्फे र संघयी लिम्बुवान शिक्षक परिषदका केन्द्रीय उपाध्यक्ष होमनाथ दाहालले राजीनामा दिएका छन् । उनीहरुले पहिचान र संघीयताको मुद्दा बोकेका पार्टीसँग एकता गर्ने वाननगर्ने भन्ने विषयमा छलफल भइरहेको बताएका छन् ।

लिम्बुवान मञ्च र राप्रपाले संयुक्त गरेको सोही पत्रकार सम्मेलनमा बोल्दै राप्रपाका जिल्ला अध्यक्ष चन्द्र मादेनले बाम र प्रजातान्त्रिक दलबीच एकता भइरहेकाले आफूहरुले पनि यसै समयमा गलत प्रबृतिको राप्रपाबाटा राजीनामा दिएको बताए ।

राप्रपा जिल्ला अध्यक्ष चन्द्र मादेन सहित राप्रपाका प्रबक्ता युगराज गुरुङ, जिल्ला उपाध्यक्ष राजेन्द्र थापा, जिल्ला कमिटीका नविन माबोहाङ, लोकेन्द्र तुम्बाहाम्फे, प्रदिप मादेन, मकरध्वज लिम्बु, जसबहादुर लिवाङ, राजन राई, नारायण सिं बोखिम, र सुरेस आवजुङले राजीनामा दिएका हुन् ।

राजीनामा दिएका उनीहरूले संघीय समाजवादी फोरममा प्रवेश गर्ने संकेत गरेका छन् । तर, अहिले नै एकताको बारेमा कुरा नभएको उनीहरूले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment