Comments Add Comment

मालेका थप ४ नेता पार्टीबाट निष्काशित

मालेका पूर्वसांसद अइन्द्र सुन्दर नेम्वाङ

१ कात्तिक, काठमाडौं । नेकपा मालेले दुई जना पोलिटव्यूरो सदस्यसहित चार जनालाई पार्टीबाट निष्काशित गरेको छ । मालेले मंगलबार पनि चार नेतालाई पार्टीबाट निष्काशित गरेको थियो ।

बुधबार पनि पोलिटब्युरो सदस्यहरु नीलमणि बराल, अइन्द्रसुन्दर नेम्वाङ, वैकल्पिक पोलिटब्यूरो सदस्य रोहित केसी र केन्द्रीय सदस्य जेपी केरुङ्गललाई पार्टी सदस्य समेत नरहने गरी निष्काशित गरिएको छ । नेम्वाङ पूर्व सांसद समेत हुन् ।

माले महासचिव सीपी मैनालीले बुधबार विज्ञप्ति निकालेर पार्टीको एकता विपरित गुटबन्दी र फुटपरस्त गतिविधिलाई निरन्तरता दिएकाले उनीहरुलाई कारवाही गरेको जानकारी दिएका छन् ।

मालेले मंगलबार पोलिटव्यूरो सदस्यहरु हिक्मतबहादुर देउवा, गंगाप्रसाद चौधरी, विरेन्द्र थपलिया र केन्द्रीय सदस्य सीता महत देउवालाई  निष्काशित गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment