देशको प्रधानमन्त्रीजस्तो भिआइपी सडकमा निस्किँदा हाम्रोमा त सुरक्षाको लागि भन्दै गाडीहरुको लावालस्कर नै हुन्छ अघिपछि । तर यो दुनियामा यस्तो देश पनि छ जहाँका प्रधानमन्त्री साइकल चढेर राजाको दरबारमा पुग्छन् अनि राजालाई नयाँ सरकार गठनको सूचना दिन्छन् ।
नेदरल्याण्डका प्रधानमन्त्री मार्क रुटले यस्तो अनौठो काम गरेका छन् । उनले नयाँ सरकार गठनको बारेमा सूचना दिन हालै साइकल चढेर राजदरबार पुगे ।
रुट सन् २०१० देखि निरन्तर सत्तामा छन् । गत मार्च १५ मा भएको चुनावमा नेदरल्याण्डमा कुनैपनि पार्टीले बहुमत प्राप्त गरेन ।
हालै ४ पार्टीहरुले गठबन्धन गरी रुटलाई प्रधानमन्त्रीमा चयन गरे । उनले आगामी अक्टोबर २६ मा प्रधानमन्त्रीको नयाँ कार्यकालको सपथ लिँदैछन् ।
स्मरण रहोस् रुटले गत जून महिनामा भारतीय प्रधानमन्त्री मोदीलाई नेदरल्याण्ड भ्रमणका क्रममा साइकल उपहार दिएका दिए ।
रुट प्रधानमन्त्री कार्यालयमा पनि साइकल चढेरै जाने गरेका छन् ।
एजेन्सी