Comments Add Comment

साहरुखलाई स्टार बनाएका लेख टण्डनको निधन


एउटा गुमनाम ठिटोलाई ब्रेक दिएका थिए निर्देशक लेख टण्डनले । त्यहि गुमनाम ठिटोलाई आज बलिउडले ‘किङ खान’ मान्छ । १३ फेब्रुअरि १९२९ मा लाहोरमा जन्मेका उनै टण्डनको निधन भएको छ ।

एक अन्तरवार्ताको क्रममा टण्डनले भनेका थिए–‘८० को दशकमा दिल्लीमा टीभी सिरियलको सुटिङ हुँदै थियो । एउटा ठिटो (साहरुख खान) सेटमा कसैलाई छोड्न आएको थियो । उसको कपाल निकै लामो थियो । मैले रोकेँ र भने मसँग काम गर्ने हो भने कपाल काट्नुपर्छ ।’
टण्डनको भनाई अनुसार साहरुखले सिरियलमा निकै राम्रो काम गरे । अर्को सिरियल ‘फौजी’मा पनि काम दिए, निर्देशक टण्डनले । ‘फौजी’मा काम गरेपछि शाहरुखका लागि बलिउडको ढोका खुल्ला भयो । ६० को दशकमा उनले शम्मी कपुरको साथ प्रोफेसर  प्रिन्स जस्तो ब्यबसायिक चलचित्र बनाएका थिए ।‘म कपाल काटुँला तर, तपाइले काम दिनु भएन भनेँ ।’ निर्देशकले भने–‘कपाल काट काम पक्का दिन्छु ।’ साहरुखले कपाल काटेर आए । टण्डनले भने–‘यस्तोले हुँदैन अझै छोटो बनाउनु पर्छ ।’

७० को दशकमा उनले राजेश खन्नालाई लिएर ‘अगर तुम न होते’ बनाए, जतिवेला खन्नाको सुपरस्टार छवि धर्मराउँदो थियो । लेखनमा पनि टण्डन शसक्त थिए । उनी फिचर चलचित्र र सिरियलको स्क्रिप्ट लेखनमा पोख्त थिए । ‘दुल्हन वही जो पिया मन भाए’ का लागि उनले फिल्मफेयर स्क्रिनप्ले अवार्ड पाएका थिए ।

साहरुख र लेख टण्डनको विचमा गुरु चेलाको सम्बन्ध छ । शाहरुख अभिनित ‘स्वदेश र चेन्नइ एक्सप्रेस’मा टण्डनले अभिनय पनि गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment