Comments Add Comment

झापाको चर्चमा विष्फोट गराउने योजनाकार पक्राउ

१ कात्तिक, काठमाडाैं । झापामा क्रिष्चियन धर्मको बिरोध गर्दै चर्चमा विष्फोट गराउने प्रमुख योजनाकारलाई प्रहरीले २ वर्षपछि पक्राउ गरेको छ ।

विष्फोटका मुख्य योजनाकार मकवानपुर हटिया-५ घर भई हाल महाराजगञ्ज काठमाडौं बस्ने ३९ वर्षीय विजय शर्मा भन्ने माधवप्रसाद भण्डारीलाई प्रहरीको अपराध महाशाखा काठमाडौंले बुधबार पक्राउ गरेको हो ।

पक्राउ परेका भण्डारी हिन्दू मोर्चा नेपालका केन्द्रीय संयोजक रहेको प्रहरीले जानकारी दिएको छ ।

धर्म निरपेक्ष राष्ट्र घोषणा भएपछि नेपाललाई हिन्दू राष्ट्र घोषणा गर्न दवाव दिन भन्दै भण्डारीले ०७२ भदौ २८ गते राती करिब साढे ११ बजे झापाको तत्कालिन खजुरगाछी-६ स्थित इमानुयल वेस्लेयान चर्चमा विष्फोट गराएका थिए ।

भण्डारीमाथि विष्फोटक पदार्थ ऐन ०१८ तथा संगठित अपराध निवारण ऐन ०७० अनुसार कार्वाही हुने प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment