Comments Add Comment

डा. केसीले अनसन तोडे, अध्यादेशमार्फत् चिकित्सा विधेयक ल्याउने सहमति

डा. गोविन्द केसी । फाइल तस्वीर

१ कात्तिक, काठमाडौं । सरकारले चिकित्सा शिक्षा विधेयक संशोधनसहित पारित गर्ने लिखित प्रतिवद्धता जनाएपछि डा. गोविन्द केसीले अनसन तोडेका छन् । सरकारसँग १० बुँदे सहमति भएपछि डा. केसीले बुधबार अनसन तोडेका हुन् ।

उनी चिकित्सा शिक्षा विधेयक संसदबाट पारित गर्नुपर्ने लगायतका माग राखेर १४ दिन अघि अनशन बसेका थिए । तर, प्रमुख दलहरुबीच विधेयकमा सहमति नभएपछि र संसदको म्याद सकिएपछि विधेयक पारित हुन पाएको थिएन ।

सरकारले अध्यादेशमार्फत् विधेयक ल्याउने प्रतिवद्धता जनाएको छ । सरकारको यहि प्रतिवद्धता पछि डा. केसीले १० वर्षीया बालिका रोजिना तामाङको हातबाट पानी र मह खाएर अनसन अन्त्य गरे ।

सरकार र डा. केसीबीच भएको सहमति पत्रमा चिकित्सा शिक्षा विधेयक ल्याउने, आईओएमको शुल्क घटाउने, त्रिभुवन र काठमाडौं विश्वविद्यालयमा भएको अनियमिततामा संलग्नलाई कारवाही गर्ने, मेडिकल कलेज खोल्ने अनुमति दिँदा जनसंख्या, भूगोललगायतलाई आधार मान्नेलगायत बिषय उल्लेख छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment