Comments Add Comment

हजार्डले चेल्सीलाई हारबाट जोगाए

२ कात्तिक, काठमाडौं । इडेन हर्जाडले दुई गोल गर्दै चेल्सीलाई च्याम्पियन्स लिगको हारबाट जोगाएका छन् । बुधबार राति भएको खेलमा चेल्सीले रोमासँग ३–३ को बराबरी खेलेको हो ।

घरेलु मैदान स्टामफोर्ड ब्रिजमा भएको खेलमा चेल्सीको लागि हजार्डले दुबै हाफमा गोल गरेका थिए ।

खेलमा चेल्सीले ११ औं मिनेटमा डेभिड लुइजको गोलबाट अग्रता लिएको थियो । ३७ औं मिनेटमा हजार्डले गोल गर्दै अथ्रता दोब्बर पारे । तर, तीन मिनेटपछि नै रोमाका कालरोभले गोल गरे र पहिलो हाफ २–१ मा सकियो ।

६४ औं मिनेटमा रोमाका जोकोले बराबरी गोल फर्काए । ६ मिनेटपछि नै उनले दोस्रो गोल गर्दै रोमालाई ३–२ को अग्रता दिलाए ।

तर, ७५ औं मिनेटमा हजार्डले दोस्रो गोल गर्दै चेल्सीलाई हारबाट जोगाए । जितसँगै ३ खेलबाट ७ अंक जोडेको चेल्सी समूह सीको शीर्ष स्थानमा छ भने रोमा ५ अंकसहित दोस्रो स्थानमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment