Comments Add Comment

नेयमार, एमबापे र काभानी सबैले गोल गरे

२ कात्तिक, काठमाडौं । नेइमार, एमबापे र इडिसन काभानी सबैले गोल गर्दा पेरिस सेन्ट जर्मेनले च्याम्पियन्स लिगमा एन्डरलेचमाथि शानदार जित हात पारेको छ ।

बुधबार राति भएको खेलमा पीएसजीले एन्डरलेचमाथि ४–० को जित निकालेको हो ।

एन्डरलेचको घरेलु मैदानमा भएको खेलमा पीएसजीले तेस्रो मिनेटमा नै एमबापेको गोलबाट अग्रता लिएको थियो । ४४ औं मिनेटमा काभानीले गोल गरेपछि फ्रेन्च टोली पहिलो हाफमा २–० को अग्रता लिन सफल भयो ।

खेलको ६६ औं मिनेटमा नेइमारले गोल गरे । ८८ औं मिनेटमा एन्जल डि मारियाले गरे गर्दै पेरिस सेन्ट जर्मेनलाई ४–० गोलको जित दिलाएका छन् ।

पीएसजी गत सिजन बार्सिलोनाले उत्कृष्ट पुनरागमन गरेपछि अन्तिम १६ बाटै बाहिरिएको थियो ।

तर, यो सिजन पीएसजीले ट्रिओलाई ४२० मिलियन खर्च गरेको छ र समूह बीमा रहेको उसले १२ गोलसहित शतप्रतिशत जित हात पारेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment