Comments Add Comment

यसपटक दर्शकले रेखासँग एक्सन खोज्लान् कि कथा ?


नायिका रेखा थापाको मुख्य भूमिका रहेको चलचित्र ‘रुद्रप्रिया’ आजबाट देशभर रिलिज भएको छ । खस्कदो स्टारडमलाई बचाउन नायिका रेखा थापा र नायक आर्यन सिग्देलका लागि यो चलचित्र विशेष हुने विश्लेषण गरिएको छ ।

सुदिप भूपाल सिंहको निर्देशनमा तयार भएको यो चलचित्रमा रेखा थापा, आर्यन सिग्देल, राजन इशान, बिश्व बस्नेत लगायतका कलाकारको मुख्य भूमिका छ ।
रेखा थापा फिल्मस्को ब्यानरमा निर्माण भएका चलचित्र असफल भएका छैनन् । रेखाको चलचित्रमा दर्शकले उनलाई नै हिरोको रुपमा पाउने गर्छन् । रेखाको एक्सन अवतारलाई दर्शकले मन पराएका छन् । तर, यसपटक रेखा एक्सनबाट केही पर हटेर सामाजिक कथावस्तुमा उत्रिएकी छिन् ।

आर्यनसँगको लभ, राजन इशानसँगको दुश्मनीमा रेखाले भोगेको कथालाई पर्दामा उतारिएको छ । यसैले, दर्शकले यसपटक रेखासँग एक्सन खोज्लान् कि कथा भन्ने कौतुहलता धेरैमा छ ।

रेखा थापा बदलिएकी छिन्, तर उनलाई हेर्न हलसम्म पुग्ने दर्शक पनि बदलिएलान् त ? ‘रुद्रप्रिया’को बक्स अफिस रिपोर्टको प्रतिक्षा गरौ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment