Comments Add Comment

कामना सेवाको १५ प्रतिशत हकप्रद सेयर पारित

२ कात्तिक, काठमाडौं । कामना सेवा विकास बैंकको बुधबार सम्पन्न विशेष साधारणसभाले १५ प्रतिशत हकप्रद सेयर जारी गर्ने निर्णय गरेको छ ।

यसका साथै बैंकको केन्द्रीय कार्यालय काठमाडौंको ज्ञानेश्वर, आनन्द भैरव मार्गस्थित आफ्नै भवनमा स्थानान्तरण गर्ने विशेष प्रस्ताव समेत सभाले पारित गरेको छ ।

बैंकका गतिविधीको बारेमा प्रकाश पार्दै अध्यक्ष सुदिप आचार्यले बैंक प्रगति उन्मुख रहेकोले ढुक्क भई लगानी गर्न शेयरधनीहरुलाई अनुरोध गरे । यसका साथै बैंकले चालु आवमा २० स्थानमा नयां शाखा कार्यालयहरु खाल्ने योजना बनाएको छ ।

हाल बैंकको चुक्ता पूंजी रु २ अर्व ६ करोड, निक्षेप १३ अर्व १९ करोड रहेको छ भने कर्जा तर्फ ११ अर्व ९४ करोड पुगेको बैंकका प्रमुख कार्यकारी अधिकृत महेश प्रसाद काफ्लेले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment