Comments Add Comment

फस्र्ट माइक्रोको नाफा ६० प्रतिशतले बढ्यो


२ कात्तिक, काठमाडौं । चालु आवको पहिलो त्रैमाशमा वित्तीय विवरण प्रकाशित गर्ने पहिलो कम्पनी फस्र्ट माइक्रोफाइनान्स डेभलपमेन्ट बैंकले ६० प्रतिशतले नाफा वृद्धि गरेको छ ।

गत आवको पहिलो त्रैमाशमा १ करोड ५० लाख कमाएको कम्पनीले यसपटक २ करोड ४१ लाख रुपैयाँ नाफा कमाएको छ ।

कम्पनीको खुद व्याज आम्दानी ५४ प्रतिशतले बढेर ४ करोड ८ लाख रुपैयाँ पुगेको छ । आर्थिक वर्षको पहिलो तीन महिनामा कम्पनीले अन्य बैंक तथा वित्तीय संस्थाबाट ३ अर्ब ५२ करोड रुपैयाँ सापट लिएको छ । कम्पनीले ३ अर्ब ६९ करोड कर्जा लगानी गरेको छ । कम्पनीले तीन करोड ७९ लाख रुपैयाँ सञ्चालन नाफा गरेको छ ।

कम्पनीको चुक्ता पूँजी ७२ प्रतिशतले बढेर ४५ करोड रुपैयाँ पुगेको छ । कम्पनीको सञ्चितीमा ९ करोड रुपैयाँ रहेको छ ।

कम्पनीको प्रतिसेयर आम्दानी २१.१५ रुपैयाँ, मूल्य आम्दानी अनुपात ३९.७५ गुणा, नेटवर्थ प्रतिसेयर १ सय २१ रुपैयाँ रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment