Comments Add Comment

अनिशको आवाजमा तयार भयो ‘प्रतिक्षा गर मेरी मायालु’


गायक अनिश पाण्डेले एक चर्चित गीतको कभर गीत तयार पारेका छन् । ‘मनसँग मन’ बोलको गीत गाएपछि अनिश श्रोता तथा दर्शकको नजरमा परेका छन् । गायक दीपक खरेलको आवाजमा समावेश चर्चित गीत ‘प्रतिक्षा गर मेरी मायालु’लाई अनिशले नयाँ ढंगले कभर गीत तयार पारेका हुन् ।

उनले यो गीत निकै मर्मस्पर्शी भएकाले पनि आफूले कभर तयार पारेका बताए । यो गीतको भिडियो पनि तयार पारिएको छ । सुमन श्रेष्ठले यो भिडियोको सम्पादन तथा छायांकन गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment