Comments Add Comment

विप्लवका केन्द्रीय सदस्य मल्लद्वारा पार्टी परित्याग

विप्लवले क्रान्ति गर्न नसक्ने निष्कर्ष

२ कात्तिक, काठमाडाैं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्यूनिष्ट पार्टीका केन्द्रीय सदस्य तथा युवा संगठन राष्ट्रिय जनस्वयमसेवकका केन्द्रीय अध्यक्ष सुदिप मल्लले पार्टी परित्याग गरेका छन् ।

मल्लले बिहीबारदेखि नै केन्द्रीय सदस्य र जनस्वयमसेवकको अध्यक्ष लगायत सम्पूर्ण जिम्मेवारीबाटा राजीनामा दिएको जानकारी दिए ।

पोखराको बैठकमा आफूले पार्टीले क्रान्ति गर्न नसक्ने भन्दै राजनीतिक, सैद्धान्तिक, सांगठनिक विषयमा आफ्नो मत राख्दा सम्मान नगरिएपछि राजीनामा दिएको मल्लले बताए ।

औपचारिक रुपमा बिहीबार पार्टीबाट राजीनामा दिएका मल्लले फेसबुकमार्फत राजीनामा दिएका जानकारी गराउदै दुनिया बदल्ने यात्रा भने अविराम हुने उल्लेख गरेका छन् ।

‘आजैका मितिदेखि नेपाल कम्युनिष्ट पार्टी केन्द्रीय समिति सदस्य तथा राष्ट्रिय युवा जनस्वयमसेवकको अध्यक्ष लगायत सम्पूर्ण जिम्मेवारीबाट राजीनामा दिएको घोषणा गर्दछु,’ उनले फेसबुकमा लेखेका छन्,’दुनियाँ बलद्यने महान जिम्मेवारी र यात्रा भने अविराम रहने छ ।’

अाफू सक्रिय राजनीतिमा रहिरहने भन्दै मल्लले अब वाम एकतामा सहभागी हुने बताए । मल्ल युद्धकालमा विग्रेड कमिसार थिए ।

यता नेपाल कम्युनिष्ट पार्टीले भने विज्ञप्ति निकाली मल्ललार्इ निष्काशित गरिएको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment