Comments Add Comment

गुल्मीको गौशालामा सामूहिक गाई पूजा (तस्वीरसहित)

२ कात्तिक गुल्मी । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन औँसी गाईको पूजा गरेर मनाउने प्रचलन रहेको छ ।

रेसुङ्गा संरक्षण समितिको आयोजनामा औँसीको अवसर पारेर गुल्मीको धार्मिक स्थल रेसुङ्गासँगै रहेको गौशालामा रहेका गाईको सामूहिक रुपमा पूजा गरेका छन् ।

जिल्लाको सदमरमुकाम तम्घास सँगै बिभिन्न स्थानबाट गाईको पूजा गर्नेहरुको बिहानैदेखि भिड लाग्ने गरेको छ ।

गौशालमा रहेका गाईलाई पूजा गर्नुका साथै नुन,तेल,रोटी,चामलको पिठो लगायत खुवाएका थिए । हिन्दु धर्ममा गाईको पूजा गर्नलाले स्वर्गको वास हुने मान्यता रहेको छ ।

गाईको पूजा गर्नाले आफुले भुल गरेर गरेका पापहरु नासहुने र पुण्य लाभ हुने प्रचलन रहेको छ ।

रेसुङ्गासँगै रहेको गौशालामा २०४२ साल देखि गाईहरु पालिदै आएको छ । धार्मिक स्थलसँगै रहेको गौशालाको प्रचार प्रसारमा कमी भएको स्थानीयको गुनासो रहेको छ ।

लामो समयदेखि यस क्षेत्रमा सदरमुकाम तम्घासवासी र छिमेकी गाउँपालिकाहरुबाट भक्तजन पुग्ने गर्दै आएका छन् । हिन्दु धर्ममा गाईको महत्व धेरै रहेको छ ।

रेसुङ्गामा स्थानीयले पृतहरुको मनोकांक्ष पूरा गर्न भन्दै गाईदान गरेर छोडने प्रचल पनि रहेको छ ।

गाउँमा गाईहरु पाल्ने प्रचलन घट्दै गएपनि रेसुङ्गागामा रहेको गौशालमा व्यवस्थित रुपमा गाईहरु पालिदै आएको छ ।

गौशालामा हाल झण्डै २ सय भन्दा वढी गाईगोरुहरु रहेका छन् । स्थानीय जातका गाईहरु रेसुङ्गा संरक्षण समितिको संरक्षणमा उक्त स्थानमा पालिदै आएको हो ।

रेसुङ्गा सँगै गौशालाको पर्यटकीय महत्व बढाउनको लागी प्रचार प्रसारमा सबैको ध्यान जान जरुरी रहेको नेपाल पत्रकार महासंघ गुल्मीका अध्यक्ष नवराज भुसाललले बताए ।

गाईको हिन्दू धर्ममा महत्व धेरै छ उनले भने ‘गाई मात्र होइने गाईका गहुँतको पनि उत्तिकै महत्व र औषधीको रुपमा पनि प्रयोग हुँदै आएको छ ।’ हामीले गाईबाट दुध घिउसँगै गहुँतबाट औषषि पनि बन्छ भुसालले भने ‘गहुँत पूजा आजामा पनि प्रयोग हुनाले यसको धेरै महत्व छ ।’

धार्मिकता सँगै रहेको गौशालाको बिकास र पर्यटकीय आकर्षण बढाउन स्थानीय जातका गाई सँगै अन्य प्रजातिका गाईहरु पनि यस ठाउँमा पालिनु पर्ने भुसालले जोड दिए ।

गौशालामा गाई पालिदै आएको धेरै समय बित्दै आएपनि यसको प्रचार प्रसार सँगै अन्य बिकासमा हिसावले पनि फड्को मार्न नसकेको गुल्मी गाउँपालिकाबाट गौशाला पुगेका युवा ज्ञानबहादुर महतराको भनाई छ ।

उनले रेसुङ्गा र गौशालाको बृहतर बिकासको लागीप्रचार प्रसारसँगै अन्य संरचनाहरुको पनि बिकास हुनुपर्नेमा जोड दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment