Comments Add Comment

लागुअाैषधसहित दुर्इ जना पक्राउ

२ कात्तिक, काठमाडाैं । महानगरीय प्रहरी प्रभाग नागढुङ्गाले लागुअाैषध सहित दुई जनालाई नियन्त्रणमा लिएकाे छ ।

बाराबाट काठमाडौं अाउँदै गरेकाे ना ५ ख ४९७० नम्बरको यात्रुवाह बस चेकजाँचकाे क्रममा लागुअाैषध सहित बाराको कलैया नगरपालिका-१ का १८ वर्षे सर्फराज अन्सारी पक्राउ परेका हुन् ।

उनकाे साथबाट झोलामा लुकाएको  अवस्थामा डाइजेपाम ५० एम्पुल, फेनार्गन ५० एम्पुल तथा नुर्फिन ५० एम्पुल गरी जम्मा १५० एम्पुल लागुअाैषध बरामद गरिएको महानगरीय प्रहरी प्रभाग नागढुङ्गाका प्रहरी निरीक्षक ऋषिराम घर्ती मगरले जानकारी दिए ।

साथै बिहीबार नै उनको सहयोगमा  अोखलढुङ्गा घर बताउने १६ वर्षीय सुजन लामालाई बालाजुबाट पक्राउ गरी थप अनुसन्धानको लागि महानगरीय प्रहरी वृत्त थानकोट पठाइएको छ।

हालसम्म नागढुङ्गा प्रहरी निरीक्षकाे कमाण्डमा  डाइजेपाम , नाईट्जेपाम , फेनार्गन , नुर्फिन , लुपिजेसिक,एभिल ,कारेक्स,डाईलेक्स लगायत १७ हजार भन्दामाथि लागुअाैषध नियन्त्रणमा लिर्इ ७० जनालाई कारवाही गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment