Comments Add Comment

राजपाको चुनावी तालमेल कांग्रेससँगः महन्थ ठाकुर

'वाम गठबन्धन सत्ता स्वार्थको लागि मात्रै हो'

 

२ कात्तिक, काठमाडौं । राजपा नेपालका अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरले कांग्रेससँग चुनावी गठबन्धन हुने बताएका छन् ।

बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको देउसी-भैलो कार्यक्रममा बोल्दै ठाकुरले भने, ‘कांग्रेससँग चुनावी एकता हुन्छ, अब त्यसको लागि करिब-करिब सहमति भैसक्यो, हामी अन्तिम छलफलमा जुटेका छौं ।’

उनले राजपा र संघीय समाजवादी फोरम नेपालको संयुक्त गठबन्धनलाई ५५ सिट चाहिन्छ भनेर रणनीति लिएको जानकारी पनि दिए ।

नेता ठाकुरले एमाले र माओवादी केन्द्रको गठबन्धन सत्ता स्वार्थको लागि भएको आरोप लगाए । उनले भने, ‘वामपन्थीहरुको गठबन्धन कुनै सिद्धान्तले गर्दा बनेको होइन, वाम ध्रुवीकरण सत्ताको लागि हो, उत्तर र दक्षिण नमिल्ने शक्तिहरु एक ठाउँमा आउन र मिल्न नै सक्दैनन् ।’

उनीहरुबीच चुनावी तालमेल हुनेमा पनि उनले शंका व्यक्त गरे ।

यद्यपि राजनीतिक ध्रुवीकरण हुनु आर्थिक हिसाबले मुलुकलाई राम्रो हुने उनले धारणा राखे ।

आगामी मंसिर १० र २१ गते हुने प्रदेश र प्रतिनिधि सभा निर्वाचनप्रति सम्पूर्ण जनताको चासो बढेको भन्दै उनले पहाड होस् वा मधेस सबै ठाउँका नेपालीहरु मिलेर जानुपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment