Comments Add Comment

सरकार देउसीलाई पर्दैन, रेष्टुरेन्ट-बारलाई सुरक्षा देऊ

देउसी, फाइल तस्वीर

तिहार दिदी-भाइको चाडको रुपमा परिचित छ । दीपै दीपको उज्यालो संगै लक्ष्मी अर्थात श्रीसम्पतिको आगमनलाई सहजता प्रदान गर्न दिपावली गर्ने प्रचलन छ, यसर्थ यसलाई दिपावली पनि भन्ने गरिन्छ । दिदीबहिनी तथा दाजुभाइ बीचको सम्बन्धलाई अन्योन्याश्रति बनाउनमा तिहारको महत्व रहन्छ ।

दाजुभाइको निधारमा दिदी बहिनीले लगाइदिएको सप्तरंगी टीका अनि गलामा लगाइदिएको मखमली-सयपत्रीको मालाले दिर्गायूको कामना गरिएको हुन्छ । बिवाह गरेर पराइघर गएकी चेली र माइती बीचको नातालाई बलियो बनाउन तथा अझ सुमुधुर बनाउने, ममतामयी नाताको डोरीलाई अझ बलियो बनाउने उदेश्यले नै यो चाडको जन्म भएको हुनुपर्छ । आˆना दाजुभाइका बिरोधी वा शत्रुलाई तिहारमा दिदीबहिनीले घरको दैलोमा राखिएको ओखर फोरेर शत्रुलाई पराजित गरेको अनुभूति संगै तेल-दुबोले छेकेर दाजुभाइको सुरक्षा-संरक्षण गर्ने धार्मिक विश्वास छ ।

मानिसका जीवनमा अत्यन्त उपयोगी पशुपन्क्षी अनि चौपायाको पूजा गरि मनाइने पर्व हो तिहार । बलि राजाको पूजाका सम्बन्धमा एउटा किंवदन्ती पनि प्रचलित छ । जसअनुसार वैदिक कालमा असुरराज बलिले पृथ्वीमा शासन गर्थे । उनी दानी राजाका रुपमा कहलिएका थिए । उनको दानशीलताबाट देवताहरुसमेत भयभीत भएका थिए । भयभीत भएका देवताले विष्णुको आराधना गरी बलि राजालाई पातालमा भास्न लगाएको कथा पुराणहरुमा वर्णन गरिएको छ ।

भगवान् विष्णुले वामन अवतार धारण गरी बलि राजासित ब्राहृमणको भेषमा तीन पाउ राख्न पुग्ने स्थान माग गरे । पहिलो पाउले अन्तरिक्ष ढाक्यो । दोस्रो पाउले पृथ्वी ढाकेपछि तेस्रो पाउ राख्ने ठाउँ माग गर्दा बलि राजाले शिर थापेका थिए । शिरमाथि वामन रुप धारी भगवान् विष्णुले पाउ राख्दा पातालमा भासिएको कथा वामन पुराणमा वर्णन गरिएको छ ।

तिहारमा देउसी भैलोले हाम्रो घर गाउँ , टोल छिमेकका मानिसहरु बीचको आपसी सम्बन्धमा मेलमिलाप गराउछ । अहिले पछिल्लो समयमा आएर देउसी भैलोबाट संकलित आर्थिक संकलनले सामाजिक जिम्मेवारी पूरा गरेको पाइन्छ । समाज विकासमा देउसी-भैलोले संस्कृतिको जगेर्ना, मनोरञ्जन प्रदान गर्नुका अलावा सामाजिक तथा समूहगत आवश्यकताको पनि पूर्तिगर्ने माध्यम बनेको छ ।

सामूहिक उत्तरदायित्वलाई समूहगत रूपमा पुरा गरिनुको साथै समाजमा एक अर्को विचको सम्बन्ध सुधारमा देउसी-भैलोको सकारात्मक भूमिका हुन्छ ।

‘तमसोमा ज्योतिर्गमय’ भन्ने वैदिक मन्त्रका आधारमा तिहारलाई उज्यालो पर्वका रुपमा समेत वैदिककालदेखि नै मनाउन सुरु गरिएको हो । लक्ष्मीपूजाका दिनदेखि घर घरमा दीपावली गरी झिलीमिली बनाउने परम्परा पनि अहिले तिहार सुरु हुनुभन्दा एक हप्ताअघिदेखि नै गर्न थालिएको छ । दीपावलीसमेत भनिने तिहारमा दीपहरुको माला बनाएर बाल्दा अन्धकारमात्र नभई अज्ञानसमेत नासिन्छ ।

तिहारमा रमाइलोका लागि पटाका पड्काइन्छ । तर, पटाका पड्काउँदा हामीले धेरै कुरामा ध्यान भने दिनु पर्दछ । धेरै धूवाँ आउने पटाकाले श्वास-प्रश्वासमा समस्या उत्पन्न गर्न सक्छन् । त्यसैले सावधान रहनुपर्छ । खासगरी बालबालिकाहरू पटाका पड्काउन लालायित हुन्छन् । त्यसैले उनीहरूलाई कम धूवाँ भएको इको प|mेन्ड्ली पटाका दिनुपर्छ । पटाका पड्काउँदा आगो टिप्ने खालका पहिरन लगाउनु हुँदैन । पटाका पड्काउँदा इयर प्लग्स लगाउन सकिन्छ । यसले कानलाई पटाकाबाट निस्कने तिखो आवाजबाट जोगाउँछ । भरसर पटाका पड्काएर रमाइलो गर्ने बानीबाट टाढा बस्न सकेकै राम्रो हुन्छ ।

त्यसैगरी तिहारको महत्वपूर्ण संस्कृतिका रुपमा देउसी र भैलोलाई हेरिने गरिन्छ । यसमा एक जना भट्याउने हुन्छ भने समूहका अन्य साथीहरूले देउसी अथवा भैलो भनेर भट्याउनेलाई साथ दिन्छन् । खासगरी देउसी-भैलोमार्फत देउसी खेल्न गएको घरमा उक्त घरको वर्णन गर्दै आउनुको कारण खुलाएर आशिष दिने चलन छ ।

घरधनीले पनि त्यस्ता समूहलाई आˆनो गच्छेअनुसार फलफूल, रोटी, दक्षिणा आदि दिन्छन्, तर हिजोआज देउसी-भैलोको नाममा विकृति-विसंगति हृवात्तै बढेको छ । आफूले भने जति पैसा नदिए झगडा तथा तोडफोड समेत हुन थालेको छ । जसले धेरै पैसा दिन सक्छ, उसको घरमा मात्र जाने चलन पनि बढ्दो छ । कति त देउसी-भैलोको नाउँमा घरै बसीबसी पैसा उठाउनसमेत पछि पर्दैनन् ।

राज्य पक्षबाट सुरक्षा प्रत्याभूत गराउनु त कता हो कता सुरक्षा निकायले १० बजे पछि देउसी भैलो खेल्नमा रोक लगाइनु संस्कृति माथिको प्रहार तथा सुरक्षा प्रत्याभुती प्रति जिम्मेवार हुन नसक्नु हो । बर्ष दिनमा खेलिने देउसी भैलोलाई जगेर्ना गरिनु त परै जाओस् उल्टो रातिको समयमा खेल्न रोक लगाइनु कति सम्मको जायज हुन्छ ? राज्य हाक्नेहरु संग देउसी भैलो राति नै खेलिने परम्परा छ भन्ने हेक्का नहुनु, सामाजिक धर्म संस्कृतिले समाजमा एकता मेलमिलापको सृजना गर्छ भन्ने ज्ञान नहुनु । संस्कृतिले विकास बोकेको हुन्छ भन्ने जानकारी आज सम्म राज्य संचालक संग नहुनु कतै देशको हालत यो अवस्थामा रहुनु वीचको मेल एक अर्कोमा मिल्न गएको त होइन ? होइन भने किन यस्ता प्रकारका निर्णय गरिन्छ ।

हो, देउसी भैलोको नाउँमा देखिएको गलत प्रकारका बल जफती गर्ने , विकृती विसङगतिको पक्षपोषण गरिनु हुदैन । त्यता ब्यतिलाई सरोकारवाला निकाय राज्य देखि समुदायसम्मले हतोत्साही गराउनु पर्छ । तर तिहार भित्रको सुगन्धको रुपमा रहेको देउसे भैलेका यी आवाजहरु ँरातो माटो चिप्लो बाटो लढदै पढदै यहाँ सम्म आयौ – हामी त्यसै आएका होइनौं बलिराजले हुकुम दिए-यहाँ मात्र होइन सारा संसार घुम्नुपर्छ , डुल्नुपर्छ -हे घोडा बाध्ने तबेला हाम्लाई भयो अबेला’ जस्ता शब्दमा कति मिठास लुकेको छ ? अनि नाङ्लोमा फूलअक्षेता सहित चामल भेटि सहितको कात्तिकको दान देउसेभैलेलाई दिने हाम्रो परम्परा भित्रको मिठास अरु के मा पाउन सकिन्छ र ?
परापूर्वकालदेखि मान्दै आएको धर्म संस्कृतिलाई राज्य पक्षबाट संरक्षण गरिनुको सट्टा रोक लगाइनु संस्कृति माथिको प्रहार जस्तो देखिन्छ । राज्य पक्षले आफ्ना हरेक सम्यन्त्र प्रगोग गरेर भए पनि संस्कृति परम्परा, सामाजिक मूल्यमान्यताको संरक्षण सम्बर्धनमा कुनै कसर बाँकी राखिनु हुन्न । सुरक्षाको नाउँमा सम्प्रदायलाई नै आँच पुग्नु पक्कै पनि राम्रो हुन सक्दैन ।

राज्यमा बसोबास गर्ने हरेक समुदायको मौलिक परम्पराको संरक्षण सम्वर्धन बराबरी ध्यान दिनुु पर्छ । सहर बजारका रातभर संचालन हुने डान्सबार तथा डिस्कोहरुलाई सुरक्षा प्रदान गर्न सक्ने सुरक्षा निकायले “संस्कृति जोगाउनुहोस् हामी सुरक्षा दिन्छौ” भन्नुको सट्टा, उल्टो १० बजे पछि खेल्नमै बन्देज लगाइनु कतिसम्म न्यायोचित हुन्छ ?

सुरक्षा निकायको विश्वास गुमाइसकेका जनताले आजित भई ” सरकार सुरक्षा हामीलाई होइन बार-रेस्टुरेन्टलाई दिनु हामी हाम्रो सुरक्षा आफैं गर्छौ तर हाम्रो परम्पराको जगेर्ना गर्न देउ ” भन्ने दिन टाढा नहुन सक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment