Comments Add Comment

कसलाई चाहियो टिकट ? नयाँलाई कि पुराना ?

‘हाम्रोे क्षेत्रबाट को उठ्छ बाबुु चुनाबमा ? कसले पाउँछ टिकट ?’-बाटोमा भेेटिनेेबित्तिकै एकजना शिक्षिका दिदीलेे जिज्ञासा व्यक्त गर्दै सोधिन्-‘पहिले उठेकै उठ्छन् कि नयाँ अनुहार आउँछन् ?’

उनकोे जटिल प्रश्नको उत्तर मसँग थिएन । स्वयं अाफ्नो प्रश्नले घेरिएको थिएँँ । तर, उत्तर दिनैपर्ने वाध्यता मेरो सामुु छायाँझैँ उभिएकोे थियो । म पार्टीको धारणा बताउन सक्ने ठाउँमा पनि थिइन । बेलुका सुत्दा एउटा पार्टीको र भोलिपल्ट उठ्दा अर्को पार्टीको भइने राजनीतिमा एउटा कार्यकर्ताले पार्टीको जिम्मा लिन कसरी सक्नु ? निरीहता प्रदर्शन गर्नुको बिकल्प नै थिएन । नितान्त निजी विचार पोखिदिएँ-आउनुपर्ने त नयाँ नै हो दिदी ! तर, सिनियर बुढाहरुले छोड्लान्जस्तो छैन । तपाईँले पनि बुझ्नुभएकै छ नि-सिनियरको सिन्डिकेट !

उनले निराशा प्रकट गर्दै भनिन्-‘हरेक नयाँ पुस्ता पुरानोभन्दा सक्षम हुन्छ । यो विज्ञानको नियम हो । राजनीतिमा पनि अब नयाँँ पुस्ता नेतृत्वमा आउनुपर्छ बाबु ! तिमीहरु नै अगाडि बढ । जनताले सक्रिय, सक्षम, सालिन र सज्जन युवा नेता चाहेका छन् ।’

उनको तर्कसँग असहमत हुने कुरै थिएन । केही समय अघिमात्रैको बैठकमा यस्तै तर्क गर्दा महत्वकांक्षीको आरोप खेपेर निस्किएको थिएँ । उनको तर्कसँग सहमति जनाउँदै बोलेँ-उहिलेका सासु र अहिलेका नेता उस्तै हुन् दिदी !

उनी खिस्स हाँसिन् । बोल्नै चाहिनन् । सधैँ राजनीतिका गफ गर्न चाहने ति दिदीकोे अनुहारमा कुनै आसा र जिज्ञासाको संकेत देखिएन । कुराको बिट नमार्दै हतार भएझैँ हिँँडिहालिन् । मेरा मानसपटलमा भने राजनीति घुमिरहृयो ।

राजनीतिक दौरानमा धेरै मान्छेसँग भेेट्न र संगत गर्न पाइयो । कोही कस्ता, कोही कस्ता ! भेटिएका अधिकांस माक्र्सवादी पार्टीका थिए तर, माक्र्सवादी थिएनन् । माक्र्सवादका न्यूनतम मूल्य-मान्यता पनि अंगिकार नगर्नेलाई कसरी माक्र्सवादी भन्नु ? नभनौँभने तिनै माक्र्सवाद, लेनिनवाद र माओवादको व्याख्याता बन्थे, कांग्रेसी नेता प्रदिप गिरीजस्तै । त्यसैले म अचम्ममा परिरहेँ ।

तिनले सधैँ आˆनै मात्र प्रशंसा गरे । आफूलाई समाजसेवी दावी गर्थे तर, सेवा बापत लाभको पद आफैँलाई हुनुपर्छ भन्न कत्ति लाज मानेेनन् । उनीहरुका कुरा आफैँमा अन्तरविरोधी थिए । किनभने, सेवामा प्रतिफल खोजिँदैन । लगानी बापत नाफा खोजिन्छ भने त्यो सेवा होइन, व्यापार हो ।

जब-जब पार्टीभित्र सम्मेलन नजिकिन्थ्यो तब, उनीहरु लगानीका कहानी कोट्याउँथे र हरेक कमिटिको नेतृत्वमा आफैँले दावी गर्थे । उनीहरुले कसैलाई आफूभन्दा योग्य देखेनन् । आम निर्वाचनमा पनि उनीहरु त्यही लगानीको फेहरिस्त सुनाउँथे र आफैँ उम्मेदवार बन्न तम्सिन्थे । चुनाबमा पराजित हुन्थे तर, पराजयको कारण कहिल्यै खोज्दैनथे । आˆनो कमजोरी देख्दैनथे, उल्टो जनता र कार्यकर्तामाथि दोष थोपर्थे ।

पुराना पुरोहितले श्राद्धका बेला सासै नफेरि पढ्ने मन्तरझैँ उनीहरु एउटै कुरा दोहोर्‍याइरहन्थे । उनीहरुलाई देखेपछि युवाहरु नजिकै पर्न खोज्दैनथे । फेरि कथा सुन्नुपर्छ भन्दै झिँजो मानेर तर्किन्थे । उनीहरुले नयाँको खोजी र अध्ययन नै गरेनन् । आफू युवा छँदा पढेका केही पाना सिद्धान्तले जीवन नै निर्वाह गरे । उनीहरु स्वघोषित नेताहरु त थिए तर, नयाँ पुस्ताका कार्यकर्ताको नजरमा ‘जँड्याह मास्टर’जस्तै बनेका थिए ।

गलतको विरोध गर्नेलाई अराजक भन्थे । आˆनो चाकडी गर्नेलाई मात्रै पार्टी र विचारप्रति प्रतिवद्ध देख्थे । तिनले नयाँ नेतृत्व विकासबारे कहिल्यै सोचेनन् । बरु नयाँलाई जुनियर भन्दै हेपिरहे । कठिनाई परेका बेला मात्रै युवाहरु अगाडि बढ्नुपर्छ भन्थे । तर, नेता बन्न कपाल फुलेको, छाला चाउरी परेको र दाँत फुक्लेको हुनैपर्छ भन्ने मान्यताको मजस्ता धेरै युवाहरु विरोधी थियौँ ।

पुराना अनुभवले मात्रै मुलुक बन्दैन । ‘नयाँ नेपाल’ बन्न नयाँ सोच र योजना चाहिन्छ । युवाले काम गर्ने र बुढाले आराम गर्ने हो । बुढाले मुलुक चलाउने र युवाहरु विदेशीनुपर्ने बिडम्बनाको अन्त्य हुनुपर्छ । यद्यपि, पुरानो पुस्ताप्रति नयाँले सम्मान र श्रद्धा गर्नुपर्छ, गरेकै छ ।
युवालाई ‘आलाकाँचा’ भन्नेले संसारभरीको राजनीतिक इतिहास अध्ययन गर्न जरुरी छ । निरंकुश राणाकालमा समेत जङ्गबहादुर राणा २९ बर्षकै उमेरमा यहि मुलुकको प्रधानमन्त्री भएका थिए । प्रजातन्त्र आएपछि विपी कोइराला ३६ बर्षको उमेरमै गृहमन्त्री भए । गणतन्त्र नेपालका पहिलो प्रधानमन्त्री प्रचण्ड पनि ३४ बर्षकै उमेरमा पार्टीको महामन्त्री बनेका थिए । यतिमात्रै होइन, २४ बर्षकै उमेरमा कृष्णप्रसाद भट्टराई सभामुख बनेका हुन् । कार्ल माक्र्स, लेनिन, माओ, चे ग्वेभारालगायतले ४० बर्ष नपुग्दै संसार हल्लाएका थिए ।

पुराना इतिहास छोडौँ । गत हप्तामात्रै अष्ट्रियाको प्रधानमन्त्रीमा जम्मा ३१ बषिर्य सेवेस्टियन कर्ज निर्वाचित भए । महाशक्ति राष्ट्रको सातो खाइरहेको मुलुक उत्तर कोरियाका राष्ट्रपति किम जोङ पनि जम्मा ३३ बर्षका छन् ।

युवा नेताले कायापलट गरेका कैयौँ उदाहरण छन् । उमेर छँदै हो काम गर्न सकिने । नेपाल मात्रै होइन, संसारभरनै परिवर्तनको आन्दोलनमा सबैभन्दा अग्रपंक्तिमा युवाहरु नै छन् । उनीहरुले बलिदानीपूर्ण संघर्ष गर्दै आएका छन् । संघर्षको प्रक्रियाबाट पछाडि हटेका छैनन् । जनयुद्धको पहिलो शहिद दिलबहादुर रम्तेल जम्मा १४ बर्षका थिए । तर, बिडम्बना Û हाम्रो मुलुकमा सिनियरको नाममा बयोवृद्ध नेताहरुको सिन्डिकेट कहिल्यै हट्न सकेन, जारी छ । तर, नेताहरुले बुझ्नुपर्छ कि, जनताको आसा र भरोसा युवामै बढी हुन्छ ।

त्यसैले पार्टीमा होस् वा राज्यसत्तामा युवाहरुको उपस्थिती उल्लेख्य हुनुपर्छ । युवाहरु वृद्धहरुलाई शिखरमा पुर्‍याउने भर्‍याङ मात्रै होइनन्, संसार बदल्न सक्ने तागत हुन् । विशेष जिम्मा दिएमा मात्रै राजनीतिप्रति युवाहरुको आकर्षण बढ्छ । घृणा, अविश्वास र अनविज्ञता घटेर जान्छ । ‘पोलिटिक्स’लाई फोहोरी खेल होइन, समाज रुपान्तरण गर्ने माध्यम बनाउन युवा नेतृत्व जरुरी छ । युवाहरु निरन्तर परिवर्तनको पक्षमा हुन्छन् । उनीहरुमा चौबिसै घण्टा खट्न सक्ने क्षमता, आँट र अनुकुलता हुन्छ ।

उमेरले नेटो काटेर आˆनै शरीर आफैँलाई भारी हुन थालेपछि मान्छेले जिम्मा पाएर पनि परिणाम निकाल्न सक्दैन । ‘बुढो गोरुले भकारो ओगटेझैँ’ बुढा नेताले मात्रै सबै ठाउँ ओगट्ने हो भने मुलुक सधैँ यस्तै हालतमा रहिरहनेछ । नेपालमा पनि सक्षम र इमान्दार युवाहरु धेरै छन् । कमी पहिचान र विश्वासको मात्रै हो ।

मैले जानेदेखि हरेक निर्वाचन क्षेत्रमा प्राय उही नेता उम्मेदवार बन्दै आएका छन् । तनहुँमा रामचन्द्र पौडेल बाहेक अरु उम्मेदवार बनेको छैन । डढेलधुरामा शेरवहादुर देउवा, रौतहटमा माधवकुमार नेपाल, गोरखामा बाबुराम भट्टराई, झापामा केपी ओली बाहेक अरु उम्मेदवार बन्नै पाउँदैनन् मानौँ ति क्षेत्रमा तिनै नेता लड्ने भनेर संविधानमै उल्लेख छ ।

उनीहरु जिवीत रहुञ्जेल अरुको पालो आउने संकेत नै देखिँदैन । के ति तिनैका निजी निर्वाचन क्षेत्र हुन् ? त्यहाँ अरुले पालै नपाउने ? त्यहाँका युवाले तिनै नेताको कालको कामना गरेर बस्नुपर्ने हो ? मभित्रजस्तै सर्वत्र प्रश्न यहि छ । अब पुराना नेतालाई मात्रै टिकट दिने होइन, एउटै क्षेत्रमा दुई पटकभन्दा बढी उम्मेदवार हुनबाटै रोक लगाउनुपर्छ । नयाँ र काम गर्न सक्ने युवालाई चुनाबमा टिकट दिनुपर्छ ।
अहिले सबै पार्टीका शीर्ष नेताहरु राजधानीमा बस्छन् । राजधानीमै घर छन् । परिवार र आफन्तसमेत राजधानीमै सारिसकेका छन् ।

उनीहरु राजधानी बस्न थालेको दशकौँ भइसकेको छ । तर, जन्मस्थानकै आधारमा चुनाबमा मात्रै उनीहरु जिल्लामा आउँछन् । यो सरासर स्वार्थ बाहेक केही होइन ।

राजधानीमा स्थायी बसोबास गर्ने नेताले जनताका समस्या बुझ्न र समाधान गर्न सक्दैनन् । उनीहरुले आफू उम्मेदवार भएको निर्वाचन क्षेत्रमा बजेट त पठाउलान् तर, त्यसमा पनि अर्को पटक चुनाब जित्नुपर्ने वाध्यतासहितको स्वार्थ लुकेको हुन्छ । देश चलाउने उच्च तहमा पुगेको नेताले अाफ्नो  निर्वाचन क्षेत्रमा मात्रै ध्यान दिनु अति संकिर्णता हो । उसले देशैभरका निर्वाचन क्षेत्रलाई आˆनै ठान्न सक्नुपर्छ र देशैभर जहाँसुकैबाट चुनाब लड्ने हिम्मत गर्नुपर्छ ।

चुनाबमा स्थानीय र जनताको समेत पहुँच पुग्ने नेता उम्मेदवार हुनुपर्छ । तबमात्रै उम्मेदवार जनताप्रति उत्तरदायी र मतदाताको अधिनस्थ हुन्छ । अस्थानीय नेतृत्वप्रति जनताको अपनत्व हुँदैन ।

आर्थिक रुपमा भ्रष्ट र नैतिक रुपमा पतित व्यक्तिलाई उम्मेदवार बनाउनु हुँदैन । होइनभने, राजनीतिमा जे गरेपनि हुन्छ भन्ने मान्यता स्थापित हुन्छ र सज्जनहरु पछाडि पर्दै जान्छन् । सज्जनहरु पछाडि पर्नु समाज र मुलुक नै पछाडि पर्नु हो । खुमबहादुर खड्काजस्ता भ्रष्ट नेताहरुले टिकट बाँड्ने र दिपक मनाङे जस्ताले टिकट पाउनेजस्तो दुखलाग्दो र लाजमर्दो स्थिती राजनीतिमा अरु हुनै सक्दैन । यस्तै गर्ने हो भने जनताले नेतालाई बहिष्कार गर्नुपर्छ र निर्वाचन क्षेत्र प्रवेशमै रोक लगाउनुपर्छ ।

नेपाली राजनीतिमा पैसा हुनेहरु मात्रै हावी छन् । यस्तो चलनको अन्त्य हुनुपर्छ । भोट किन्ने होइन, विश्वास आर्जन गरेर लिने हो । जनताले पनि सामान्य आश्वासन र क्षणिक लाभका आधारमा मत दिने गर्छन् । चुनावको आश्वासन र क्षणिक लाभ ‘मुतको न्यानो’ मात्रै हो भन्ने बुझ्नुपर्छ । पैसा हावी हुने राजनीतिमा धनीले मात्रै जित्छन्, गरीब हार्छन् । बेइमानले जित्छन्, सज्जन सक्किन्छन् । नेताले मात्रै जित्छन्, जनताले हारिरहन्छन् । सीमित व्यक्तिको वर्ग फेरिन्छ तर, मुलुक कहिल्यै फेरिँदैन । पछाडि धकेलिँदै जान्छ । यसो हुनु जनताको भविष्यमाथिको खेलवाड हो । यसरी न जनता आत्मनिर्भर बन्न सक्छन् नत मुलुक नै स्वाधीन बन्न सक्छ ।

खासमा हामीले पार्टीभन्दा पात्र हेर्नुपर्छ । पात्र-पात्र मिलेर नै पार्टी बन्ने हो । पार्टी आफैँमा बनिबनाउ हुँदैन । यो बन्दै र भत्किँदै जान्छ । पार्टी विचार र योजना अनुरुप बन्ने र भत्किने गर्छ । राम्रो पात्रलाई नेतृत्वमा पुर्‍याएमात्रै जनताको हितमा काम हुन्छ । उसले पार्टीलाई पनि राम्रो बनाउँछ । गलत नेतालाई चुनाबमा जिताउनु आˆनै खुट्टामा बञ्चरो हान्नु हो । पैसा हुनेलाई टिकट दिने र पैसा लिएर भोट हाल्ने संस्कार अन्त्य नहुने हो भने नेपाल सधैँको गरीब मुलुक रहनेछ । अनि दैनिक १७ सय मात्रै होइन, १७ हजार नेपाली विदेशीन बाध्य हुनेछन् ।

नेताहरु उम्मेदवार छनौटमा निर्मम बन्नैपर्छ । आफैँलाई मात्र केन्द्रमा राखेर सोच्नु र निर्णय गर्नु आत्माघाती हुनेछ । हामीले आफैँलाई भत्काएर नयाँ बनाउन सकेनौँ भने सबै उपलव्धि बेकारका गफ मात्रै हुनेछन् । गफ मात्रै जोत्नु, कार्यकर्ता मात्रै फलाउनु र आश्वासन मात्रै बाँड्नुको कुनै तुक छैन ।

छिमेकी मुलुकहरु संसारमै शक्तिशाली बनिसक्दा यत्रो प्राकृतिक र स्रोतसाधन सम्पन्न हाम्रो मुलुक यति धेरै पछाडि पर्नुको पछाडि फोहोरी राजनीति नै दोषी छ । फोहोरी राजनीतिलाई सफा बनाउन नेतृत्व सही र जनता सचेत हुनैपर्छ । सचेततापूर्वक पहलकदमी लिएमा हामीले देशमा आमूल परिवर्तन गर्न र आत्मनिर्भर बन्न सक्छौँ । नेपाली भनेर लजाएर हिँड्नुपर्ने वाध्यताको अन्त्य गर्दै गर्वले शीर ठाडो बनाएर डुल्न पाउनेछौँ ।

विकसित मुलुकमा पाइलो हाल्न कुनै दूताबास धाइरहनुपर्दैन । तसर्थ, राजनीतिमा नयाँपन ल्याउन युवा नेतृत्व आवश्यक छ । सिनियरको सिन्डिकेट तोड्न सबै पार्टीभित्रका युवाहरु एकजुट होऔँ । माओले भनेझैँ-यो देश तिम्रो पनि हो, मेरो पनि हो तर, खासमा युवाहरुको हो ।

लेखक नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment