Comments Add Comment

अफगानी सेनाको छाउनीमा तालिबानी आक्रमण, ५२ मारिए

२ कात्तिक, काठमाडौं । अफगानिस्तानको सुवा कान्धार प्रान्तमा सेनाको छाउनीमा भएको तालिबानी हमलामा ४३ सैनिक जवानको मृत्यु भएको छ ।

अफगानी रक्षा मन्त्रालयले जारी गरेको बिज्ञप्तिमा भनिएको छ कि नौ सैनिक घाइते छन् भने ६ जना हराइरहेका छन् ।

मैबन्दमा भएको यस हमलाको जिम्मेबारी तालिबानले लिएको छ ।

समाचारहरुमा जनाइए अनुसार विष्फोटक पदार्थले भरिएका थुप्रै ट्रक छाउनीको द्वारमा ठोक्काइएको थियो र त्यस लगत्तै बन्दुकधारीहरु छाउनीभित्र प्रवेश गरेर गोली चलाएका थिए ।

आक्रमणमा नौ जना तालिबानी आक्रमणकारीको पनि मृत्यु भएको छ ।

गत मंगलबार पूर्वी अफगानिस्तानमा भएको तालिबानी हमलामा ७० भन्दा बढी मानिस मारिएका थिए । मारिनेमा अधिकांश सैनिक जवान थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment