Comments Add Comment

सौर्य एयरलाइन्सको जहाज आकस्मिक अवतरण

फाइल तस्वीर

२ कात्तिक, काठमाडौं । भद्रपुरबाट काठमाडौंका लागि उडेको सौर्य एयरलाइन्सको जहाजमा एसी नचलेपछि बिराटनगर विमानस्थलमा आकस्मिक अवतरण गराइएको छ ।

जहाजमा सामान्य समस्या आएका कारण एसी नचलेको र तत्काल बिराटनगरमा अवतरण गराइएको सौर्य एयरलाइन्सले पुष्टि गरेको छ ।

एयरलाइन्सका प्रमुख दीपक पोखरेलका अनुसार भद्रपुरबाट साढे १ बजे उडेको केहि समयपछि नै समस्या देखिएको र तत्कालै बिराटनगर विमानस्थलमा अवतरण गरिएको हो ।

जहाजको मर्मत भइरहेको छ आजै मर्मत गरी काठमाडौंका लागि उडान गर्ने पोखरेलले अनलाइनखबरलाई जानकारी दिए ।

विमानको एसी बिग्रिएपछि यात्रुको स्वासप्रस्वासमा समस्या आउने, कान थुनिएजस्तो हुने लगायतका समस्या आउँछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment