Comments Add Comment

सिरहामा डीएपी मल अभाव, किसान मर्कामा

२ कात्तिक, लहान । सिरहाको सखुवा नन्कारकटी गाउँपालिका महदेवाका देव चन्द्र यादव दिनमा एकपटक लहान आइपुग्छन् । उनले यसरी बजार धाएको तीन महिना हुन लाग्यो । उनी काम नभएर वा बजार भर्न मन लागेर लहान आउने गरेका भने होइनन् । उनले तरकारी खेती लगाउन खेत जोतेर ठिक्क पारेका छन् । मुसुरी दाल लगाउने योजनामा छन् । त्यसैले डीएपी मल पाइने आशामा खेतबारीको कामै छोडेर यादव बजार धाइरहेका हुन् ।

तरकारी खेती गर्न माटो तयार गरेर बजार धाएको दुई महिना भएपनि अझै यादवले डीएपी मल पाउन सकेका छैनन् । उनी भन्छन्, ‘तयार गरेको माटो सुकिसक्यो मल पाएको भए फल्ने बेला भइसक्यो तर अहिलेसम्म खेत बाँझै छ ।’

सिरहाको लहान नगरपालिका कटाहाका दीप यादवको अवस्था पनि उस्तै छ । ‘गोबीको बिरुवा रोप्न तयार छ । तर मल नभएका कारण रोप्न नपाउँदा ब्याडमै फूल्ने बेला भइसक्यो,’ उनले भने ।

सिरहामा तीन महिनादेखि डिएपी मल अभाबब छ । लामो समयदेखि मल अभाव हुँदा कृषकहरु मर्कामा परेका छन् ।

कृषि सामाग्री कम्पनी लहानमा आर्थिक वर्ष ०७४/७५मा अघिल्लो आर्थिक वर्षको ३३ सय ७४ बोरा मौज्दात रहेको र साउन महिनामा आपूर्ति भएको १४ हजार १६० बोरा मल साउन २५ आएदेखि अहिलेसम्म आएको छैन ।

जबकी सिरहामा यो आर्थिक वर्षमा सिरहामा वार्षिक एक लाख टन डीएपीको माग छ । साउन २९ गतेदेखि कम्पनीको गोदाममा मौज्दात सकिएदेखि अहिलेसम्म आपूर्ति नहुँदा किसानहरुले समयमा खेतीपाती गर्न पाएका छैनन् ।

कृषि सामाग्री कम्पनी प्रधान कार्यलयले समयमा टेन्डर निकाल्ने, स्वीकृत गरी समयमा खरिद प्रकृया अगाडि नबढाउँदा नेपालभर मल अभाव छ ।

तीन महिनादेखि मल अभाव भएपनि कृषि सामाग्री संस्थान कम्पनि लहानका प्रमुख चन्द्र प्रकाश चम्लागाईं भने किसानलाई कुनै समस्या नभएको बताउँछन् । छठ पछाडि मल आपूर्ति हुने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment