Comments Add Comment

‘चंगा चेट’ को उपाधी नवीन सिंहलाई

२ कात्तिक, कैलाली । लायन्स क्लब अफ कैलाली सुदूरपश्चिमले आयोजना गरेको ‘चंगा चेट’ प्रतियोगितामा फोर्स मोटर्सका नवीन सिंह प्रथम हुँदै नगद २५ हजार रुपैयाँ हात पारेका छन् ।

उनले फाइनलमा नैनादेवि यूवा क्लबलाई पराजित गरेका हुन् ।

लक्ष्मी पूजाको अवसर पारेर आयोजना गरिएको प्रतियोगितामा विभिन्न १६ वटा क्लबको सहभागिता रहेको क्लबका अध्यक्ष नरबहादुर राईले जानकारी दिए ।

उनले दीपावलीको अवसरमा रमाइलोको लागि भन्दै यो कार्यक्रम आयोजना गरेको बताए ।

प्रतियोगितामा प्रथम स्थान हासिल गरेका फोर्स मोटर्सका नविन सिंहले क्लबले तिहारका बेला सृजनात्मक प्रतियोगिताको आयोजना गरेकामा धन्यबाद दिए ।

उनले युवाहरुलाई आकर्षण गर्न यस्ताखाले प्रतियोगिताको आयोजना गरिनु पर्ने सुझाव दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment