Comments Add Comment

युरोपा लिगमा एभर्टनको अर्को हार, प्रशिक्षक कोम्यानको पद धरापमा

३ कात्तिक, काठमाडौं । युरोपा लिगको समूह चरणका फ्रान्सेली क्लव ल्योनसँग घरमै २-१ ले हारेपछि इंग्लिस क्लव एभर्टनका प्रशिक्षक रोनाल्ड कोम्यानले आफ्नो भूमिका संकटमा पर्नसक्ने बताएका छन् ।

एभर्टनले युरोपा लिगको समूह ईमा अहिलेसम्म जित हासिल गर्न सकेको छैन र समूहको अन्तिममा छ । एभर्टन सबै प्रतियोगितामा गरी लगातार चार खेलमा जितबिहीन छ ।

एस्ले विलियम्सले बराबरी गोल गरेर टोलीलाई उद्धार गर्ने प्रयास नगरेका होइनन्, तर ल्योनका लागि बर्टाण्ड ट्राओरेले टोलीलाई महत्वपूर्ण अवे जित दिलाए ।

‘अन्तिम निर्णय मैले होइन क्लवले लिने हो ।’ क्लवमा आफ्नो भूमिकाबारे कोम्यानले भने, ‘यदि बोर्डलाई लाग्छ कि म यहाँ रहन उचित छैन, उनीहरुले मलाई भन्नेछन् ।’

नविल फिकरले पाहुना टोली ल्योनलाई गडिसन पार्कमा खेलको सुरुमै पेनाल्टीमार्फत गोल गरेका थिए ।

युरोपा लिगको समूह चरणको तीन खेल सकिँदा एभर्टनको मात्र एक अंक छ । समूह ईको शीर्ष स्थानमा रहेको एटलान्टाभन्दा उ ६ अंकले पछाडि छ भने ल्योन भन्दा ४ अंकले पछाडि छ । आगामी नोभेम्बरमा ल्योनसँगको अवे खेल एभर्टनका लागि निक्कै चुनौतिपूर्ण हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment