Comments Add Comment

सर्पले टोक्दा धामीको भर, ज्यान जाने डर

३ कात्तिक, ताप्लेजुङ । आठराई ७ तेह्रथुमका ४६ वर्षीय सोमबहादुर तामाङलाई घाँस काट्न जाँदा गुर्बे सर्पले टेक्यो । देब्रे हातमा सर्पले टोक्न साथ टोकेको माथिल्लो भाग पाखुरामा माथि बिस नसर्ने गाउँलेको भनाईलाई मान्दै डोरीले बाधियो र बाँदिएको हात लिएर उनले विजुवा (धामी) लाइ झारफुक गराए ।

विजुवाले पनि आफ्नो कथित सीप लगाउँदै झारफुक गरे जंगलको झार खोजेर टोकेको ठाउमा औषधि भन्दै लगाइदिए पनि । तर टोकेको ठाउँ र हातको भाग सुनिन्दै फोका उठ्न थालेपछि उनलाई सर्प दंश उपचार केन्द्र चारआली पुर्‍याइयो । अनि पो उनले बुझे कि सर्पले टोकेको घटनामा झारफुकमै अल्झिँदा उनको धन्न ज्यान गएनछ ।

त्यति मात्रै होईन बिष नसर्ने भनाईलाई मान्दै डोरीले बान्दा उपचारमा समेत समय लाग्यो ।

तेह्रथुमका सोमबहादुर मात्रै होईन ताप्लेजुङ फुङलिङ नगरपालिका ५ कि पासाङ शेर्पाको पनि कथा उस्तै छ ।

असोज पहिलो साता अलैचीं टिप्तै गर्दा उनलाई पनि सर्पले टोक्यो । दाहिने हातको औंलामा टोकेको पर्सिपल्ट (दुइदिनपछि) मात्रै उनी सर्पदंस उपचार केन्द्र चार आली पुगिन ।

तेह्रथुमका तामाङ र ताप्लेजुङकी शेर्पा त पूर्वी पहाडी क्षेत्रका सर्पले टोकेका र ढिला गरी उपचारमा पुग्ने प्रतिनिधि पात्र मात्रै हुन् । यसरी गाउँलेको भनाई र झार फुकमा अल्झँदा यस क्षेत्रका थुप्रैले अकालमा ज्यान गुमाउनुपरेको छ । ढिला गरी अस्पताल पुगेकाहरुलाई पनि निको हुन समय र पैसा दुवै चर्को लाग्ने गरेको छ ।

पछिल्लो समय सर्प दंश उपचार केन्द्र चारआलीमा उपचार गर्नेमध्ये ५० प्रतिशत बिरामी ताप्लेजुङ, पाँचथर, ईलाम, तेह्रथुमबाट पुग्ने गरेका छन् । पहाडका सबैलाई प्राय गुर्बे सर्पले टोकेको पाइएको उपचारमा संलग्न चिकित्सकले बताएका छन् ।

सर्पदंश उपचार केन्द्रका स्वास्थ्यकर्मीका अनुसार यो पहाडमा पाइने विसालु सर्प हो । यस्ले टोकेपछि तत्काल ज्यान जाने जोखिम कम हुन्छ तर अपांग बनाउछ । भविष्यमा अर्थात केही बर्षपछि यसैको असरका कारण ज्यान जाने खतरापनि त्यत्तिकै हुन्छ ।

उपचार केन्द्र पुग्ने अधिकांश झारफुकले ठीक नभएपछि मात्रै जाने गरेको पाइएको छ । ‘जव समस्या देखिन थाल्छ बल्ल यस्तो भयो भन्दै आइपुग्छन,’ एक स्वास्थ्यकर्मीले भने, ‘अवत बानी नै भइसक्यो चुपचाप उपचार सुरु गर्छौं ।’

ठीक भएपछि उनीहरु आफैंले पश्चाताप गर्ने गरेको स्वास्थ्यकर्मी बताउँछन । सार्पले टोकेपछि घरेलु औषधि के हुन्छ, त्यहाँ नल्याए हुँदैन भनेर फोन गर्नेपनि त्यत्तिकै हुन्छन् ।

चारआलिमा समुदायको ब्यवस्थापनमा नेपाली सेनाको दुइ नम्वर वाहिनीले उपचार केन्द्र चलाएको छ । ब्यवस्थापन समितिका अध्यक्ष दुर्गाप्रसाद भट्टराइका अनुसार सक्नेसम्मको उपचार यहीँ गरिन्छ र सम्भव नभए अस्पतालमा लगेर विरामी राखेर गरिन्छ । उपचार केन्द्रले सर्पदंसका गम्भिर विरामीका लागि एउटा अस्पतालले एउटा आइसियु उपलब्ध गराउने गरी सम्झौता गरेको उनले बताए ।

उपचार गर्न यहीँका स्वास्थ्यकर्मी जान्छन र उनीहरुको पहुँचले नभ्याए घोपा (बिपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान, धरान)का सर्प दंशका विरामी हेर्ने चिकित्सकलाइ झिकाइन्छ ।

अहिलेसम्म एकाध वाहेक धेरै विरामी अस्पतालमा लानु नपरेको र यही ठीक भएको भट्टराईले वताए । यहाँ आउने विरामीका लागि जति दिन वस्नुपरेपनि पाँच सय रुपैंया शुल्क लिने गरिएको छ ।

एण्टिवायोटिक औषधि बिरामीले किन्नु पर्छ तर एण्टिस्नेक भ्याक्सिन भने निःशुल्क उपलब्ध गराइने उनले वताए । उपचार केन्द्रको तथ्यांक अनुसार यहाँ बाषिर्क १५ सय सम्म उपचारका लागि पुग्ने गर्छन ।

वाहिनीले तालिम प्राप्त पाँच जनालाइ उपचार केन्द्रका लागि खटाएको छ । उनीहरुले पालो मिलाएर विरामीको हेरचार गर्ने गरेको र समितिले ब्यवस्थापनमा सहयोग पुर्‍याएको भट्टराईले बताए ।

सर्प दंशका विरामीको उपचार जिल्ला अस्पताल तथा स्वास्थ्य केन्द्रले गर्दैन । अस्पतालमा आएकालाइ रेफर गर्ने गरेका छन् । अस्पताल तथा स्वास्थ्य केन्द्रमा यससम्वन्धि उपकरण नभएकाले रेफर गर्ने गरिएको ताप्लेजुङ अस्पतालका चिकित्सक बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment