Comments Add Comment

धनगढीको प्लास्टिक सोरुममा आगलागी, ८० लाख बराबरको सामान नष्ट

३ कात्तिक, कैलाली । धनगढीको मेनरोडमा रहेको भट्टराई प्लास्टिक सोरुममा बिहीबार राति भएको आगलागीबाट करिव ८० लाख रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ ।

बिहीबार राति साढे ७ बजेबाट सुरु भएको आगो ९ बजे पूर्ण नियन्त्रणमा आएको थियो । प्लास्टिकका सामान आगोले छिट्टै पिप्ने भएकाले धेरै क्षति भएको बताइएको छ ।

आगो निभाउन धनगढी उपमहानगरपालिकाको २ र गोदावरी नगरपालिकाको एउटा दमकल प्रयोग गरिएको थियो । त्यस्तै नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरी र स्थानीयवासीको प्रयासले आगो नियन्त्रणमा आएको थियो ।

कैलालीका प्रमुख जिल्ला अधिकारी गोबिन्द रिजाल, धनगढी उपमहानगरपालिकाका मेयर नृप ओड लगायत घटनास्थल पुगेर आगो निभाउने प्रयासमा सहभागी भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment