Comments Add Comment

विश्व पारा तेक्वान्दोमा नेपालकी रञ्जनाले जितिन् काश्य

३ कात्तिक, काठमाडौं । विश्व पारातेक्वान्दो च्याम्पियनसिपमा नेपाली खेलाडी रञ्जना धामीले काश्य पदक जितेकी छन् ।

बेलायतको लण्डनस्थित ओलम्पिक र्पाकमा बिहीबार राति सम्पन्न खेलमा महिला ४४ देखि ४९ केजीमूनि तौल समूहमा नेपाली चेली रञ्जनाले पेरुकी खेलाडीलाई २२-२० अंकमा हराउँदै सेमिफाइनलमा पुगेकी थिइन् ।

सेमिफाइनलमा मंगोलियाका खेलाडीसँग पराजित भएपनि उनले नेपालका लागि काश्य पदक दिलाएको लण्डनमै रहेका उनका प्रशिक्षक कल्याण कुँवरले अनलाइनखवरलाई बताए ।

रञ्जनालाई सेमिफाइनलमा पराजित गरेकी खेलाडीले फाइनलमा सर्वियाली खेलाडीलाई हराएर स्वर्ण जितेकी छन् ।

प्रतियोगितामा २ पुरुष र २ महिला गरी चार खेलाडी सहभागी थिए । जस अन्तर्गत के-४२ बिधामा पुरुष खेलाडीहरु रामबहादुर अधिकारीले ६१ केजीमूनि र रोहित हाङ राई ७५ केजीमूपनि तौल समूहमा प्रतिस्पर्धा गरेका थिए । उनीहरुले पहिलो चरण पार गरेनन् ।

त्यस्तै के-४४ अन्तर्गत महिलातर्फ पलेसा गोवर्द्धनले ५८ केजीमूनि तौलसमूहमा प्रतिस्पर्धा गरेकी थिइन् । उनी क्वार्टरफाइनलमा रुसकी खेलाडीसँग पराजित हुँदै बाहिरिन् ।

अपेक्षा गरेअनुसारको नतिजा नआए पनि नेपाली खेलाडीको प्रदर्शन उच्च कोटीको रहेको र भविश्यका लागि अनुभव बटुल्ने अवसर भएको प्रशिक्षक कुँवरले अनलाइलखबरलाई बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment