Comments Add Comment

सेयर जारी गर्न लागेका सात जलविद्युत आयोजनामा कुन कत्ति उत्तम ?


३ कात्तिक, काठमाडौं । युनियन हाइड्रोपावर कम्पनीले १४ करोड रुपैयाँ (१४ लाख कित्ता) सेयर जारी गर्ने भएको छ । कम्पनीले स्थानीय क्षेत्रका बासिन्दाको लागि ४ लाख कित्ता र सर्वसाधारण, कर्मचारी सामूहिक लगानी कोष लगायतको लागि १० लाख कित्ता सेयर जारी गर्ने भएको छ ।

तर कम्पनीको सेयरलाई इक्रा नेपालले ग्रेड फाइभ रेटिङ प्रदान गरेको छ । कम्पनीले पाएको यो रेटिङले आधारभुत पक्ष कमजोर रहेको संकेत गर्छ । कम्पनीको वित्तीय अवस्था, भविष्यको सम्भावना लगायत समग्र आधारमा यस्तो रेटिङ प्रदान गरेको हो । कम्पनीले लमजुङ जिल्लाको करापुटार गाविसमा ३ मेगावाटको मिदिम खोला आयोजना निर्माण गरिरहेको छ ।

सकारात्मक पक्ष
१५.७३ मेगावाटको मेवा खोला हाइड्रो सर्भे लाइसेन्स पाएको

नकारात्मक पक्ष
उच्च लागत (२७ करोड १० लाख रुपैयाँ प्रतिमेगावाट)
लगानीको स्रोतमा सेयरको योगदान उच्च, कर्जा लगानी र सेयरलगानी अनुपात ४९ः ५१ ९प्रतिफल धेरैमा बाँडिने हुँदा०
व्यवसायिक उत्पादन मिति २०१५ मार्च नाघेको कारण प्राधिकरणलाई पेनाल्टि तिर्नुपर्ने अवस्था
८० प्रतिशत काम सकिएको यो आयोजना २०१७ जुलाईबाट सञ्चालनमा आउने भनिएपनि केही ढिलाई
८१ करोड १४ लाख कुल लागत भनिएको यो आयोजनाको लागि ३६ करोड ६० लाख कर्जाको व्यवस्था गरिएको भएपनि यो रकम ४० करोड पुग्ने सम्भावना
ऋणको अस्थिर ब्याज दरको प्रभाव

अन्य
सञ्चालकहरु किरण मल्ल, सालिकराम घिमिरे, बाटु लामिछाने, गणेश कार्की
सेयर जारीपछि संस्थापक स्वामित्व ७५ प्रतिशतमा सिमित हुने
मार्च १७ सम्ममा ११ सञ्चालकको मात्रै ५ करोड लगानी

राधि विद्युत

राधि विद्युतले पनि सर्वसाधरणको लागि ७ लाख ६४ कित्ता सेयर जारी गर्ने भएको छ । कम्पनीको सेयरलाई ईक्रा नेपालले ग्रेड ३ को रेटिङ दिएको छ । यो रेटिङले कम्पनीको आधारभूत पक्ष औषत रहेको संकेत गर्दछ ।

कम्पनीले पहिलो चरणमा स्थानीय प्रभावीत बासिन्दाका लागि ४ लाख १० हजार कित्ता सेयर जारी गरिसकेको छ । कम्पनीले दोस्रो चरणमा जारी गर्ने सेयरको लागि धितोपत्र बोर्डमा अनुमती प्रक्रियामा रहेको छ । यो प्रक्रिया लगभग अन्तिम चरणमा रहेको छ ।

कम्पनीले आईपिओ जारी गरेर उठाउने पैसा यस सम्बद्ध अन्य नयाँ जलविद्युत् आयोजनामा लगानी गर्ने भएको हो । कम्पनीले १० दशमलव ३ मेगावाटको दोर्दी १ हाइड्रो इलेक्ट्रिक प्रोजेक्ट र ११ मेगावाटको खारे हाइड्रो इलेक्ट्रिक प्रोजेक्टमा लगानी गर्ने भएको हो ।

हाल लम्जुङ जिल्लाको राधी खोलामा संचालन रहेको आयोजनाबाट ४ दशमलव ४ मेगावाट विद्युत् उत्पादन भईरहेको छ । ७० प्रतिशत कर्जा र ३० प्रतिशत सेयर लगानीबाट संचालन भएको यो आयोजनाको निर्माण लागत ६१ करोड ३० लाख रहेको छ ।

पञ्चकन्या समूहले प्रवद्र्धन गरेको पञ्चकन्या माई हाइड्रोपावर कम्पनी सेयर निष्कासनको अनुमति माग्दै धितोपत्र बोर्ड पुगेको छ ।
पञ्चकन्या माई हाइड्रोपावर कम्पनीले स्थानीय बासिन्दाको लागि ११ लाख कित्ता सेयर जारी गर्ने भएको हो । कम्पनीको सेयर बिक्री प्रबन्धकमा एनसिएम मर्चेन्ट बैंकिङ र नबिल इन्भेष्टमेन्ट बैंकिङ रहेको छ ।

बिक्री प्रबन्धक नियुक्त भएको ६ महिनापछि कम्पनीले सेयर निष्कासन अनुमति प्रक्रिया अगाडी बढाएको हो । कम्पनीको १२ मेगावाट क्षमताको अपरमाई हाइड्रापावर आयोजना सञ्चालनमा छ भने ६।१ मेगावाटको कास्केड आयोजना पनि निर्माणको अन्तिम चरणमा रहेको बताइएको छ ।

कालिका पावर

कालिका पावर कम्पनीले स्थानीयको लागि ६ करोड रुपैयाँको सेयर र सर्वसाधारण तथा कर्मचारी लगायतलाई १२ करोड रुपैयाँको सेयर जारी गर्ने भएको छ ।
कम्पनीले पहिलो चरणमा स्थानीयको लागि ६ लाख कित्ता सेयर जारी गर्न धितोपत्र बोर्डमा अनुमती मागेको छ । कम्पनीको सेयर बिक्री प्रबन्धकमा काठमाण्डु क्यापिटल मार्केट र ग्लोबल आइएमइ क्यापिटल रहेका छन् ।

हाल ६ मेगावाटको दरौदी कालिका हाइड्रोप्रोजेक्ट सञ्चालन गरिरहेको कम्पनीले कर्जा भुक्तानीको लागि आइपीओ जारी गर्न लागेको इक्रा नेपालले उल्लेख गरेको छ । कम्पनीले प्राथमिक सेयरबाट उठेको रकम ठकेदार र अल्पकालिन कर्जा भुक्तान गर्न प्रयोग गर्ने र केही रकम दिर्घकालिन कर्जा भुक्तानीको लागि प्रयोग गरिने बताइएको छ ।

इक्रा नेपालले कम्पनीको सेयरलाई ग्रेड फोर रेटिङ प्रदान गरेको छ । यो रेटिङले कम्पनीको समग्र अवस्था हेर्दा आधारभुत पक्ष औसतभन्दा कमजोर रहेको संकेत गर्छ ।

कम्पनीले बैंकहरुलाई ८५ करोड २० लाख रुपैयाँ बराबरको कर्जा भुक्तानी गर्न बाँकी रहेको छ । यसमध्ये ८१ करोड रुपैयाँको कर्जा दिर्घकालिन प्रकृतीको हो । कम्पनीको आयोजना निर्माणमा उच्च लागत लागेको उल्लेख छ । कम्पनीको दरौदी आयोजनाको प्रतिमेगावाट लागत २३ करोड १० लाख रुपैयाँ रहेको छ ।

आयोजनाको प्लान्ट लोड फ्याक्टर (उत्पादन क्षमता) बार्षिक ६३ उल्लेख गरिएकोमा हाल यो दर ४२ प्रतिशत रहेको छ । कम्पनीले ५१ प्रतिशत कर्जाबाट र ४९ प्रतिशत सेयरबाट पूँजी जुटाएर आयोजना निर्माण गरेको हो ।

असोजमध्यसम्ममा कम्पनी एक करोड नोक्सानमा रहेको छ । कम्पनीको लगानीकर्ताहरुमा बिक्रम पाण्डे र परिवार (७७ प्रतिशत), युवबहादुर क्षेत्रीको (१० प्रतिशत स्वामित्व), पदम गुरुङ (१० प्रतिशत) र ठाकुर प्रसाद ढकालको ९३ प्रतिशत स्वामित्व० रहेका छन् । सेयर जारीपछि कम्पनकिो चुक्ता पूँजी ७८ करोड रुपैयाँ पुग्नेछ ।

आँखु खोला 

आँखु खोला जलविदुत कम्पनीले साधारण सेयर ९आईपिओ०निष्कासन गर्ने भएको छ । आईपिओ निष्काशनका लागि कम्पनीले धितोपत्र बोर्डमा आवेदन दिएको छ ।

कम्पनीले प्रतिकित्ता १०० रूपैयाँ अंकित दरका कम्पनीले ८ करोड रूपैयाँ बराबरको ८ लाख कित्ता सेयर साधारण सेयर जारी गर्न लागेको हो । सर्वसाधारणको लागि कम्पनीले १२ लाख कित्ता अर्थात १२ करोड रुपैयाँको सेयर जारी गर्ने भएको छ । कम्पनीले बैंकको ऋण घटाउने उदेश्यले सेयर जारी गर्न लागेको हो ।

हाल कम्पनीले निर्माण गरेको ८.४ मेगावाटको आयोजना सञ्चालनमा छ । यो आयोजना निर्माणमा उच्च लागत लागेको थियो । कम्पनीले प्रति मेगावाट २८ करोड १० लाख रुपैयाँ लागतमा आयोजना निर्माण गरेको हो ।  चिलिमे जलविद्युत् कम्पनी मातहतका रसुवागढी जलविद्युत् आयोजना र साञ्जेन जलविद्युत् आयोजनाले साधारण सेयरजारी गर्न लागेका हुन् ।

रसुवागढी जलविद्युत् 

रसुवागढी जलविद्युत् आयोजनाले कर्मचारी सञ्चयकोषका सञ्चयकर्ता र लगानीकर्ता निकायका कर्मचारीलाई पहिलो चरणमा एक करोड ६४ लाख २१ हजार ४० कित्ता साधारण सेयर जारी गर्ने तयारी गरेको हो । साधारण सेयरजारी गरेर रु एक अर्ब ६४ करोड २१ लाख चार हजार बराबर रकम जोहो गर्ने आयोजनाको तयारी छ ।

नेपाल–चीन सीमा नजिक कूल १११ मेगावाट क्षमताको जलविद्युत् आयोजना निर्माणको क्रममा रहेको छ । आयोजनामा चिलिमे जलविद्युत् कम्पनीको ३३ प्रतिशत, नेपाल विद्युत् प्राधिकरणको १८ प्रतिशत, नेपाली नागरिकको १५ प्रतिशत, स्थानीय प्रभावितको १० प्रतिशत, कर्मचारी सञ्चयकोषलगायतको १९.५ प्रतिशत र अन्यको ४.५० प्रतिशत सेयर रहनेछ ।

कम्पनीले नेपाल धितोपत्र बोर्डमा गत वैशाख १३ गते साधारण सेयरनिष्कासनका लागि निवेदन दिएको थियो । बोर्डले मागेका केही सुझावसमेत बुझाइसकेको कम्पनीको बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल, एआइबिएल क्यापिटल, ग्लाबेल आइएमई क्यापिटल र एनसिएम मर्चेन्ट बैंकिङ लिमिटेड रहेका छन् ।

आयोजनाका प्रमुख माधव कोइरालाले भूकम्प र भारतको अघोषित नाकाबन्दी तथा ठेकेदारको समस्याका कारण केही ढिला भएको आयोजना हाल युद्धस्तरमा निर्माण भइरहेको बताए ।

साञ्जेन जलविद्युत्

चिलिमे जलविद्युत् कम्पनीको सहायक कम्पनी साञ्जेन जलविद्युत् आयोजनाले साधारण सेयर निष्कासनका लागि बोर्डमा आवेदन दिएको छ । कम्पनीले गत वैशाख १२ गते आवेदन दिएको थियो । सो कम्पनीले ८७ लाख ६० हजार कित्ता साधारण सेयरजारी गर्न लागेको छ । रु ८७ करोड ६० लाख बराबरको साधारण सेयरजारी गर्न कम्पनीले नागरिक लगानी कोषलाई बिक्री प्रबन्धक तोकेको छ ।

सो कम्पनीले कर्मचारी सञ्चयकोषमा रकम सञ्चय गरेका कर्मचारी तथा लगानी गरेका कम्पनीका कर्मचारीलाई साधारण सेयर दिन लागेको हो । उक्त कम्पनीले १४.८ मेगावाट क्षमताको माथिल्लो साञ्जेन र ४२ ।५ मेगावाट क्षमताको साञ्जेन जलविद्युत् आयोजना निर्माण गरिरहेको छ ।

माथिल्लो साञ्जेन जलविद्युत् आयोजनाको निर्माण करिब ६० प्रतिशत सकिएको छ । साञ्जेन जलविद्युत् आयोजनाको निर्माण करिब ४५ प्रतिशत सम्पन्न भएको छ । यसबाट सबैभन्दा बढी लाभ कर्मचारी सञ्चयकोषमा कोष कट्टी गरिरहेका तथा लगानीकर्ता कम्पनीका कर्मचारीलाई हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment