Comments Add Comment

१५ वर्षका किशोरको प्राइभेट जेट, सेलिबि्रटीहरुसँग उठवस

उनको आफ्नै जेट बिमानका आकासको सयर गर्छन् । आफ्नै फरारी कारमा हुँइकिन्छन् । सेलिब्रेटीहरु भेट्छन् । मस्ती गर्छन् । भनौ, ठाँटको जीवन विताउँछन् ।

तर यो कुरा सुनेर तपाईले आश्चर्यले जिब्रो टोक्नुहुनेछ कि, उनी १५ बर्षे मस्त किशोर हुन् । यति सानै उमेरमा त्यतीका धनदौलात ? त्यतीका क्रेज ? त्यतीका सौख ?

हो, उनको जीवनशैली आफैमा लोभलाग्दो छ । उनको नाम हो, राशिद बेल्हासा । दुबईमा बस्छन् । उनलाई उपमा दिइएको छ, मनी किक्स ।

संसारभरका सेलिबि्रटीहरुसँग उनको उठबस छ । उनी प्राय बलिउडका दबंग सलमान खानसँग तस्वीर सेयर गरिरहेका हुन्छन् ।

– राशिद दुबईका निर्माण व्यवसायी तथा अरबपति सैफ अहमद बेल्हासाका छोरा हुन् ।

– उनको उमेरका बच्चाहरु आफ्नो किताब र पढाईमा लागिरहेका हुन्छन्, तर उनी सेलिबि्रटीहरुसँग रमाइरहेका हुन्छन् ।

– रशिदलाई स्नीकर्सको ठूलो सौख छ । यति मात्र होइन, उनको आफ्नै अनलाइन सपिङ स्टोर पनि छ जहाँ ब्याग र स्नीकर्स बेचिन्छ ।

– एक वेबसाइटलाई अन्तरवार्ता दिँदै रशिद भन्छन्, ‘अमेरिकी र्‍यापर विज खलीफा मेरा साथी हुन् । स्टीक अओकी पनि मेरा साथी हुन् । उनीहरु सबै हाम्रो र्फममा आउँछन् । तर, कहिलेकाहीँ मैले सेलिबि्रटीहरुलाई आउन रोक्नुपर्छ किनकी मसँग समय हुँदैन र म एकदम थाकेको हुन्छु ।’

– राशिदसँग आफ्नै प्राइभेट जेट छ, जसमा यात्रा गर्दै उनी बारम्बार आफ्नो तस्वीर सामाजिक सञ्जालमा हालिरहन्छन् । यति मात्र होइन, उनको आफ्नो फरारी कार पनि छ । उनी आफ्नो कारलाई एकदम माया गर्छन् ।

– आफ्नो राजशी ठाँटलाई राशिद आफ्ना फलोअरहरुसँग सेयर गरिरहन्छन् । उनी सामाजिक सञ्जालमा निकै प्रख्यात छन् । उनको ‘मनी किक्स’ नामममा आफ्नै यूट्यूब च्यानल पनि छ । इन्स्टाग्राममा उनका ८ लाखभन्दा बढि फलोअर्स छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment