Comments Add Comment

लक्ष्मीको तस्वीरसँगै धुर्मुस-सुन्तलीको पूजा !

३ कात्तिक, महोत्तरी । बर्दिबासका मुसहरहरु भन्थे, ‘हाम्रा लागि धुर्मुस-सुन्तली भगवान हुन् ।’ नभन्दै उनीहरुले यसपाली लक्ष्मी पूजामा धुर्मुस-सुन्तलीको फोटो राखेर पूजाआजा गरे ।

लक्ष्मीपूजाको मेसोमा मुसहर समुदायले आफ्ना जीवन कायपलट गरिदिने धुर्मुस-सुन्तलीलाई स्मरण गरेका हुन् । उनीहरुले लक्ष्मीको तस्वीरसँगै धुर्मुस-सुन्तलीलाई पनि पूजेका स्थानीय पत्रकार राजकरण महतोले बताए ।

यसअघि उनीहरुको घर यसरी धपक्कै बलेको थिएन, जो यसपाली देखियो । तिहारको आगमनसँगै उनीहरुको घर-आगन बिजुलीबत्तीले जगमगायो । घर-घरमा दियो जलेको थियो । झ्याल-ढोका फूलमालाले सजिएका थिए । लक्ष्मी स्थापना गरी पूजा कोठासम्म गाईको गोबरले लिपपोत गरेका थिए । चामलको पीठो र अबिरले रंगोली बनाएका थिए ।

चार पुस्तासम्म साँघुरो झुपडीमा खुम्चिएका उनीहरुले यसपाली खुला हावामा दिपावली मनाए । यसैपाली नयाँ वर्षमा उनीहरुले धुर्मुस-सुन्तलीबाट नयाँ पक्की घर पाएका थिए ।

झुपडीका पुस्तौंपुस्ता गुजारेका उनीहरु अहिले लाखौं मूल्य बराबरको घरको मालिक बनेका छन् । उनीहरुको एकीकृत नमूना बस्ती दर्शनीय थलोको रुपमा विकास हुँदैछ ।

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment