Comments Add Comment

खोलाले बगाएर बालकको मृत्यु

३ कात्तिक, नुवाकोट । मिनीट्रक धुने क्रममा तादी खोलाले बगाएर सात वर्षीय बालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा दुप्चेश्वर गाउँपालिका-३ राउतबेँसीका डुबसङ मोक्तान रहेका छन् ।

समुन्द्रटारस्थित तादी खोलामा साथीसँग पौडी खेल्न गएको वेला बा ४ ख ६३१३ नंं को मिनीट्रक धुने क्रममा बिहीबार उनलाई भेलले बगाएका थिए । खोजी गर्ने क्रममा आज उनको शव भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कैलाश भट्टराईले जानकारी दिए ।

शव परीक्षणका लागि जिल्ला अस्पताल त्रिशूलीमा राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment