Comments Add Comment

प्रेमपूर्वक मनोनयन दर्ता गर्न निर्वाचन आयोगको आह्वान

३ कात्तिक, काठमाडौं । निर्वाचन आयोगले उम्मेदवारहरुको मनोनयन कार्यक्रम प्रेमपूर्वक सम्पन्न गर्न सबै राजनीतिक दल र उम्मेदवारहरुलाई आह्वान गरेको छ ।

शुक्रबार निर्वाचन आयोगको कार्यालयमा सञ्चारकर्मीसँग कुरा गर्दै प्रमुख निर्वाचन आयुक्त अयोधी प्रसाद यादवले उम्मेदवारहरुको मनोनयन कार्यक्रम प्रेमपूर्वक सम्पन्न गर्न सबै राजनीतिक दल र स्वतन्त्र उम्मेदवारहरुलाई आह्वान गरे । उनले भने, ‘तपाईंहरु अत्यन्त शान्तिपूर्ण, समन्वयात्मक रुपमा, सौहाद्र, भातृत्वपूर्ण र प्रेमपूर्वक व्यवहारमा आफ्नो उम्मेदवार दर्ता गराउनु होला ।’

आगामी मंसीर १० गते ३२ जिल्लामा पहिलो चरणमा हुने प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनका लागि प्रत्यक्षतर्फका उम्मेदवारको मनोनयन आइतबार हँुदैछ । मनोनयन दर्ताका लागि सबै तयारी सकिएको उनले जानकारी दिए । निर्वाचन सामाग्री, जनशक्ति व्यवस्थापन र सुरक्षाको समेत उचित प्रवन्ध मिलाइएको उनको भनाइ छ ।

निर्वाचनलाई स्वच्छ र निष्पक्ष बनाउन पनि सबैको साथ र सहयोगको अपेक्षा पनि गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment