Comments Add Comment

एमालेले नेता-कार्यकर्तालाई भन्यो- टिकट नपाउँदैमा चित्त नदुखाउनू

३ कात्तिक, काठमाडौं । प्रतिनिधिसभाका १६५ मध्ये करिव १०० सिट आफूले पाउने नेकपा एमालेले बताएको छ । साथै उसले बाँकी सिटमा चुनाव लड्ने तयारीमा रहेकाहरुलाई वाम तालमेलका लागि त्याग गर्दा चित्त नदुखाउन आग्रह गरेको छ ।

शुक्रबार बसेको एमाले स्थायी कमिटी बैठकले टिकट नपाएकै कारण चित्त नदुखाउन पार्टीका नेता कार्यकर्तालाई आग्रह गरेको हो ।

पार्टी उपाध्यक्ष बामदेव गौतमको निवास भैसेपाटीमा बसेको बैठकले तालमेल देश र पार्टीको हितमा रहेको बताएको छ । ‘१६५ मध्ये करिव १०० सिटमा हामी लड्छौं होला,’ बैठकपछि सचिव प्रदिप ज्ञवालीले भने, ‘६५ ठाउँमा साथीहरु योग्य हुनुहुन्थ्यो तर, उहाँहरुले टिकट नपाउने हुनुभयो । जसले आफ्नो राम्रो सम्भावना रहेर पनि त्याग गर्नु भएको छ वा पछाडि हटाउनु परेको छ । उहाँहरुको उच्च मूल्यांकन गर्छौं ।’

एमालेले अहिले त्याग गर्ने नेताहरुलाई समानुपातिक, राष्ट्रिय सभा लगायतका ठाउँमा जिम्मेवारी दिने आश्वासन दिएको छ ।

एमालेले पार्टीप्रतिको निष्ठा र लोकपि्रयतालाई मुख्य आधार बनाएर उम्मेदवार चयन गर्ने पनि बताएको छ ।

मंसिर १० गते पहिलो चरणमा चुनाव हुने ३२ जिल्लामा एमालेले प्रतिनिधिसभामा २१ र प्रदेशसभामा ४१ सिट पाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment