Comments Add Comment

अमेरिकामा लक्ष्मी पूजा (तस्वीरसहित)

२० अक्टोबर, न्यूयोर्क । अमेरिकाका विभिन्न राज्यहरुमा बसोबास गर्ने नेपाली समुदायले तिहारको तेस्रो दिन सम्पन्नताकी देवी लक्ष्मीको पूजा आराधना गरी श्रद्धा भक्तिको साथ लक्ष्मीपूजा मनाएका छन् ।

विभिन्न राज्य तथा शहरमा बसोबास गर्ने नेपालीहरुले पूजा गरेको, रंगोली बनाएको तथा दीपावली गर्दै गरेको तस्वीरहरु सामाजिक संजालमार्फत राखेका छन् ।

अमेरिकामा अग्रिम रुपमा सूचना दिएर देउसी भैलो खेल्नु पर्ने भएकोले विभिन्न शहरहरुमा भैलो र देउसी खेल्ने क्रम जारी छ ।

अमेरिकामा अक्टोबर १९ तारिख बिहीबार कामको दिन भएकोले बिदा लिएर बस्ने नेपाली समुदाय को साथै कामबाट घर आएर भए पनि घर सफा सुग्घर गरी दीपावली गरेर लक्ष्मीलाई पूजा गरेका छन् ।

अमेरिका भएका नेपालीले पनि आफ्नो पूजा कोठामा दियो, कलश र गणेशसहित लक्ष्मी स्थापना गरेर गरगहना, पैसा, चामल, फलफूल, सेलरोटी र फूलमाला चढाई विधिपूर्वक लक्ष्मीको पूजा गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment