Comments Add Comment

रूकुमको लोछावाङमा जीप दुर्घटना,१२ जना घाइते

३ कात्तिक, रूकुम । रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-४ लोछावाङमा जीप दुर्घटना भएको छ ।

सदरमुकाम मुसीकोटबाट आठविसकोटको राडी जादैं गरेको रा १ ज ५८९ नम्बरको जीप दुर्घटना हुँदा १२ जना घाइते भएको प्रहरीले जनाएको छ ।

घाइते मध्ये ५ जनाको अवस्था गम्भीर रहेको छ भने ७ जना सामान्य घाइते भएका छन् । दुर्घटनामा परी गम्भीर घाइते हुनेहरुमा आठविसकोट नगरपालिका-९ राडीपाखाकी १८ वर्षीया आयुष्मा नेपाली, मोरङ बेल्वारी-११ का ५२ वर्षीय भुवनसिंह लिम्बु, उनका छोरा २१ वर्षीय प्रकाश लिम्वु, सोही ठाउँका २६ वर्षीय राजु भण्डारी र मुसीकोट नगरपालिका-५ बागबजारकी २९ वर्षीया अशोका आरसी रहेका छन् ।

यस्तै जीप चालक आठविसकोट नगरपालिका ९ राडीपाखाका २१ वर्षीय जयवहादुर नेपाली, गोतामकोटका २९ वर्षीय ओमप्रकाश थापा, मुसीकोट नगरपालिका -१ गिल्वाङकी २४ वर्षीया पवित्रा बिक, उनका छोरा २ वर्षीय सुजन बिक, मुसीकोट नगरपालिका-५ बागबजारकी २ वर्षीया सुहानी बुढामगर र झापा दमक-३ का ५८ वर्षीय भिमवहादुर लगाई खड्का र झापाको गौरान नगरपालिका-२ का २७ वर्षीय सविन विश्वकर्मा  सामान्य घाइते भएका छन् ।

घाइते मध्य मोरङका भुवनसिंह लिम्बु, उनका छोरा प्रकाश लिम्वु र सोही ठाउँका २६ वर्षीय राजु भण्डारीलाई नेपालगञ्ज रिफर गरिएको छ ।

अन्य २ जना गम्भीर घाइते र ७ जना सामान्य घाइतेको जिल्ला अस्पताल सल्लेमा उपचार भैरहेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ ।

जीप सडकबाट २५ मिटर तल खसेको र के कारणले दुर्घटना भएको हो भन्ने बारेमा खुल्न नसकेको प्रहरीको भनाइ छ । जीप बिहान साढे ११ बजेतिर दुर्घटना भएको हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment