Comments Add Comment

अब मोबाइलमा ढाँट्न नपाइने, ह्वाट्सएपले ल्याउँदैछ नयाँ फिचर

तपाइँको मोबाइलमा घण्टी बज्छ । अल्छी मान्दै फोन उठाउनुहुन्छ । ह्वाट्सएपमा साथीको मेसेज रहेछ, ‘मित्र, कहाँ पुगियो ?’ । तपाइँ जवाफ दिनुहुन्छः बाटोमै छु, २० मिनेटमा पुग्छु । त्यसपछि तपाइँले फोन सिरानीमै थन्काएर, पुनः गुटुमुटु परेर सुत्नुहुन्छ ।

यदि तपाइँको पनि केही यस्तै बानी छ भने सतर्क हुनुहोस् । किनकी अब यस्तो बहानाबानी तथा ढाँटछल धेरै चल्नेवाला छैन ।
यो फिचरले प्रयोगकर्ताको फोनमा रहेका कन्ट्याक्ट्सलाई भूनक्सामा सिंक गर्दछ र मोबाइल प्रयोगकर्ताको रियल टाइम मुभमेन्ट देख्ने सुविधा दिन्छ ।ह्वाट्सएपले एक नयाँ फिचर ल्याउँदैछ जसबाट को मानिस कुन ठाउँमा छ भन्ने कुरा पत्ता लगाउन सकिनेछ ।

यो फिचर प्रयोगकर्ताको सुरक्षाको लागि पनि निकै फलदायी हुने विश्वास गरिएको छ । तपाइँ कुनैप्नि समस्या वा खतरामा पर्दा आफ्ना आफन्तले तपाइँ कुन ठाउँमा फस्नुभएको छ भन्ने लोकेशन पत्ता लगाउन सक्दछन् ।

यस्तो अवस्थितिको जानकारी सार्वज्निक रुपमा शेयर हुने होइन । ह्वाट्सएपका अनुसार यो फिचर इण्ड टू इण्ड इनक्रिप्सनयुक्त रहेको छ । जसबाट प्रयोगकर्ताले को सँग, कति बेरका लागि आफ्नो लोकेशन शेयर गर्ने भन्ने कुरा तय गर्न सक्दछ ।

यो फिचर प्रयोग गर्नका लागि तपाइँले ह्वाट्सएपमा कुनै पर्सनल वा ग्रुप च्याट खोल्नुपर्दछ । त्यसपछि अट्याच क्लिप वाला क्लिपमा गएर लोकेसनको विकल्प छनोट गर्नुपर्ने हुन्छ ।

tt\ kZrft realtime location अप्सन सेलेक्ट गर्नुपर्छ । त्यसपछि तपाइँले चुनेका साथीहरुसँग तपाइँको लोकेशन शेयर हुन्छ ।

ह्वाट्सएपले यस फिचरलाई मंगलबार सार्वजनिक रुपमा घोषणा गरेको छ । अहिले यो परीक्षणको चरणमा छ र आगामी केही हप्तामै एन्ड्रोइड र आइफोन दुबै प्लाटर्फममा उपलब्ध हुने बताइएको छ । बीबीसी

२०७४ कार्तिक ३ गते १२:४४ मा प्रकाशित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment