Comments Add Comment

यसरी सुरु भएको थियो देउसी भैलोको प्रचलन

तिहार सांगीतिक पर्व पनि हो । यतिबेला नाचगान गर्ने परम्परा छ । र, रमाइलो त के भने तिहारको आफ्नो विशिष्ट गीत छ । त्यसलाई पेश गर्ने कौसल पनि आफ्नै किसिमको छ ।

तिहारको अझ भनौ गाईतिहारको दिन महिलाहरु घर-घरमा गएर ‘भैलिनी आइन् आँगन’ भन्दै एकै स्वरमा लय हाल्छन् । यो गीत सुन्दा हामीलाई तिहारको झल्को आउँछ र मन रोमाञ्चित हुन्छ ।
खासमा ‘देउसिरे’  देव श्री रामबाट अपभं्रश भएर आएको मानिन्छ । अयोध्यावासीले आफ्ना राजाको आगमनमा खुसीयालीमा दियो बालेका थिए । त्यो कालो रात दियाको उज्यालोले धर्ती जगमगाएको थियो । त्यसबेला भगवान रामको नाम पुकार्दै मानिसहरु घर, टोल घुमेका थिए । यहि प्रचलन अहिले देउसिरेको रुपमा विकास भएको भन्ने कथन पनि पाइन्छ ।कसरी सुरु भयो त देउसी भैलोको प्रचलन ?

अर्को कथा यस्तो छ ।

एकजना राजा थिए, बली भन्ने । उनी अति नै दानी थिए । प्रत्येक दिन दान गरेर मात्र उनी आफु भोजन गर्थे । उनको यो पुण्यको कामले ठूलो ख्याती पायो । उनको प्रतापले स्वर्ग लोक हल्लिन थाले ।

त्यसपछि देवताहरु भगवान् विष्णुलाई गुहार्न पुगे, बलीलाई दमन गर्नका लागि । विष्णुले वामन (बाहुन्ने)को रुप धारण गरे बलीलाई छल्न पुगे । र, तीन पाउ जमिन दानको याचना गरे ।

बलीले सोचे, ‘यो ब्राम्हण सानो छ र यसको पाउ पनि साना छन् । उनले थोरै जमिन माग्यो ।’ उनले दान दिने संकल्प गरे । लगत्तै वामनको रुप विराट भयो । एउटै पाउले समस्त पृथ्वी ढाकिदियो । अर्को पाउले आकाश र तेस्रो पाउ पर्नसाथ बली भाँसिएर पाताल पुगे । उनले अन्त्यमा विष्णुसँग प्रार्थना गरे की, बर्षमा एक पटक तिहारको बेला पृथ्वी घुम्न पाइयोस् ।

यसलाई स्विकार्दै विष्णुले बलीलाई बर्षमा एक पटक पृथ्वीमा घुम्ने अनुमति दिए । अतः उनै बली राजा तिहारको दिन घुम्न आउने धार्मिक विश्वास सहित दिप प्रज्वलन गर्ने, देउसी भैलो खेल्ने गरिन्छ ।

देउसेहरु बली राजा आउन नभ्याएको । आफुहरु बली राजाको हुकुम अनुसार आएको भन्दै देउसी भट्याउने गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment