Comments Add Comment

एमालेले छान्यो प्रदेश ७ का उम्मेदवार, को कहाँ ? (सूचीसहित)

३ कात्तिक, काठमाडौं । आगामी मंसिर १० गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको चुनावका लागि एमालेले प्रदेश नं. ७ मा उम्मेदवार टुंगो लगाएको छ ।
एमालेले प्रतिनिधिसभातर्फ दार्चुलामा गणेश ठगुन्ना, बैतडीमा दामोदर भण्डारी, बझाङमा भैरवबहादुर सिंह, बाजुरामा लालबहादुर थापालाई उम्मेदवार बनाउको छ ।वाम गठबन्धनमा रहेको माओवादीसँग शुक्रबार सिट बाँडफाट भएपछि एमालेले आफ्नो भागमा परेका क्षेत्रहरुमा उम्मेदवारहरु टुंगो लगाएको हो ।

बझाङको उम्मेदवार बन्न पूर्वमन्त्री भानुभक्त जोसीले पनि दावेदारी प्रस्तुत गरेका थिए तर उनको साटो भैरवबहादुरले टिकट पाएका छन् ।

यस्तै प्रदेशसभातर्फ बैतडी ‘ख’मा लिलाधर भट्ट, बाजुरा ‘क’मा बलदेव रेग्मी, ‘ख’मा प्रकाश शाहले टिकट पाएका छन् ।

बझाङको ‘क’मा उम्मेदवार सिफारिश गर्ने क्रममा एमालेले भोटिङ नै गरेको थियो । ४७ मत ल्याएका जिल्ला अध्यक्ष डिलबहादुर सिंहले टिकट पाएनन् । एमालेले जिल्लाको निर्वाचनमा २४ मत पाएका अर्जुन थापालार्इ टिकट दिएको छ ।

दार्चुला ‘क’ भने नाम टुंगो लागेको छन् ।

यो पनि पढ्नुस्  

एमालेले प्रदेश ६ का उम्मेदवारको टुंगो लगायो (सूचीसहित)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment