Comments Add Comment

आमिरको फिटनेसः छोरा जुनैदका साथीजस्ता देखिन्छन्

बलिउड अभिनेता आमिर खान आफ्नो जिवन्त अभिनयका साथसाथै फिटनेसका लागि पनि प्रख्यात छन् । उनी हरेक फिल्ममा निर्वाह गर्ने भूमिका अनुसार आफ्नो शरीरको ढाँचा बदल्न सक्छन् ।

फिल्म दंगलका लागि आमिरले आफ्नो तौल ३७ किलो बढाए र फेरि त्यति नै किलो घटाए । उनी आफ्नो वास्तविक उमेरभन्दा आधाका देखिन्छन् । छोरा जुनैद खानभन्दा उनी कम युवा देखिदैनन् ।

आमिर र जुनैद एकैसाथ देखिँदा साथी-साथीजस्तो लाग्छ । विभिन्न फिल्मी कार्यक्रमहरुमा आमिरले आफ्नो छोरालाई सँगै लैजाने गरेका छन् । बाबुको कुनै पनि फिल्मको प्रमोसनमा जुनैद डटेर लाग्छन् ।

यसै वर्षको अगष्टमा जुनैदले अभिनयमा डेब्यू गर्न लागेको खबर फैलिएको थियो । तर, खासमा उनले कुनै फिल्ममा नभएर थिएटरमा डेब्यू गर्दै थिए । अरु स्टारपुत्र वा पुत्रीले जस्तो बाबुको नाम भजाएर उनले फिल्म हात पार्न चाहेनन् ।

जुनैद आमिर खान र उनकी पहिलो श्रीमती रीना दत्तका छोरा हुन् । आमिरले रिनासँग सन् २००२ मा पारपाचुके गरेका थिए । उनीहरुका सन्तानको कस्टडी रिनालाई प्राप्त भयो । आमिरकी एक छोरी इरा पनि छिन् । हालै मात्र आमिरले आफ्नी पहिलो श्रीमती रिनाको जन्मदिन मनाएका थिए ।

२२ वर्षका जुनैद अहिलेसम्म बलिउडमा आउने कुनै चर्चा छैन । तर पर्दापछाडि उनले निकै काम गरेका छन् । जुनैदले निर्देशक राजकुमार हिरानीलाई पनि असिस्ट गरिसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment