Comments Add Comment

कादर खान यस्ता भए, मान्छे चिन्छन् बोल्न सक्दैनन्

भेट्रान बलिउड अभिनेता कादर खान फिल्ममा नदेखिएको धेरै भयो । तर, धेरै दर्शकले उनलाई भुलेका छैनन् ।

कादर खान अहिले ७९ वर्षका भए । उनी बिना सहारा हिँडडुल गर्न सक्दैनन् । उनलाई बोल्न पनि गाह्रो हुन्छ । उनकी बुहारी शाइस्ता खानले एक अन्तरवार्तामा भनेकी थिइन् कि उनका ससुरा राम्ररी बोल्न सक्दैनन् ।

साथै उनी अरुले बोलेको पनि बुझ्दैनन् । छोरा सरफराजले बोलेको मात्रै बुझ्छन् । यद्यपि उनी आफ्ना परिवार, आफन्त र साथीभाईलाई भने राम्ररी पहिचान गर्न सक्छन् । उनको स्वभाव भने बच्चाको जस्तै भएको छ । शाइस्ताले आफ्ना दुई छोरीहरुको सहयोगले ससुराको हेरविचार गर्ने गरेको सुनाइन् ।

कादर खानका छोरा सरफराजले केही दिन पहिले दिएको एक अन्तरवार्तामा भनेका थिए कि उनका पिता हिँडडुल गर्न सक्दैनन् । उनलाई हिँडाउनका लागि दुवैतिरबाट सहारा दिनुपर्छ । सरफराजका अनुसार कादर खानको घुँडाको अपरेसन पनि गरिएको छ । अपरेसन सफल भए तापनि उनी हिँडडुल गर्न भने सकेनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment