Comments Add Comment

दीपिकाको सर्वाधिक रोमान्टिक स्मृति रणवीर कपुरसँग

बलिउड अभिनेत्री दीपिका पादुकोण अहिले अभिनेता रणवीर सिंहसँग डेटमा छिन् । यसअघि उनको प्रेम अर्का रणवीर कपुरसँग थियो ।

हालै एक अन्तरवार्तामा दीपिकाले रणवीर सिंहलाई नराम्रोसँग जिल्याएकी छिन् । उनले आफ्नो जीवनको सबैभन्दा रोमान्टिक स्मृति अघिल्ला प्रेमी रणवीर कपुरसँग रहेको बताइन् ।

अन्तरवार्तामा दीपिकाको लभ लाइफको चर्चा भइरहेको थियो । यसै दौरानमा उनलाई सोधियो कि, ‘तपाईंको जीवनको सबैभन्दा रोमान्टिक स्मृति कुने हो ?’ दीपिकाले बेहिच्किचाकट रणवीर कपुरको नाम लिइन् । उनले त्यो घटना पनि सुनाइन् ।

‘म पियानो सिक्न आतुर थिएँ । एक दिन घरमा एउटा सरप्राइज डेलिभरी भयो । त्यो मैले सोचेकोभन्दा पनि सुन्दर पियानो थियो । यो शानदार गिफ्ट मलाई त्यतिबेलाका व्वाइप|mेन्ड रणवीर कपुरले पठाएका थिए । त्यो मेरोलागि अत्यन्त मिठो र रोमान्टिक पल थियो, जसलाई म कहिल्यै भुल्न सक्दिन ।’

हुन पनि रणवीर र दीपिकाको प्रेम एकताका उत्कर्षमा पुगेको थियो । उनीहरु ‘बचना ए हसिनों’ फिल्मका क्रममा नजिकिएका थिए । रणवीरसँगको प्रेमलाई लिएर दीपिका निकै गम्भीर थिइन् । उनले आफ्नो गर्दनमा रणवीरको नामको टाटु पनि खोपाएकी थिइन् । तर, पछि उनीहरुको ब्रेकअप भयो ।

दीपिका केही समययता रणवीर सिंहसँग प्रेममा छिन् । बेलाबेलामा उनीहरुको ब्रेकअपको हल्ला पनि चल्ने नगरेको होइन । तर, अहिलेसम्म उनीहरु सँगै छन् । आउँदो डिसेम्बरमा रिलिज हुने फिल्म ‘पद्मावती’ मा दीपिका र रणवीरको जोडीलाई हेर्न सकिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment