Comments Add Comment

ताप्लेजुङमा एडीएसएल र ल्याण्डनाइन फोन सेवा अवरुद्ध, सेवाग्राही मर्कामा


४ कात्तिक, काठमाडौं । ताप्लेजुङमा शुक्रबार विहानबाट अबरुद्ध नेपाल टेलिकमको एडिएसएल र ल्याण्डलाइन सेवा अझै सञ्चालनमा आएको छैन ।

सेवा अवरुद्ध हुँदा हजारौँ सेवा ग्राहि मर्कामा परेका छन् । नेपाल टेलिकम ताप्लेजुङ वितरण शाखा प्रमुख विरेन्द्र चेम्जोङका अनुसार शुक्रबार ताप्लेजुङको सुकेटारमा रहेको टावरमा चेक गरए िपनि कुनै समस्या नदिखिएकाले अब पाँचथरको सिलौटीमा रहेको टावरमा चेक गरेपछि मात्र समस्या पत्ता लाग्नेछ ।

आज कर्मचारी चाड मनाउन गएकाले भोलि मात्रै सो स्थानको टावर चेक गरिने चेम्जोङ्ले बताए । सो स्थानमानै फल्ट भएको पाइए सम्भवतः आइतबार बेलुकाबाट सेवा सञ्चालनमा आउने उनले बताए ।

जिल्लामा इन्टरनेटका लागि सबैभन्दा बढी एडीएसएल सेवा वितरण गरिएको छ भने केहि प्रयोग कर्ताले भने ईन्टरनेट सेवा प्रदाक सुविसु कम्पनीको ईन्टरनेट प्रयोग गर्दै आएका छन् ।

सो कम्पनीको ईन्टरनेट भने चालु अवस्थामा रहेकाले अत्यावश्यक इमेलका लागि सोमबार विहानैदेखि सेवाग्राहीले सो सेवा प्रदान गरेको स्थानबाट सेवा लिईरहेको सुविसुका ताप्लेजुङ ईन्चार्ज युगराज गुरुङले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment