Comments Add Comment

बलिउड सेलिब्रेटीको दिपावली पार्टीमा कसले के गरे ?

बलिउड सेलिब्रेटीले कसरी दिपावली मनाए, कसलाई निम्तो गरे, कसलाई गरेनन् ? मिडियाले अक्सर सोधीखोजी गरिरहेका हुन्छन् । यसपाली पनि बलिउड स्टार्सको ‘दिवाली सेलिब्रेसन’ कभरेज गरिएको छ । कतिसम्म चासो राखिन्छ भने, कसले आयोजना गरेको दिपावली पार्टीमा कुन सेलिब्रेटी कसरी पुगे, के लगाएका थिए, कति समय विताए ।

जस्तो कि यसपाली शिल्पा सेट्टीले दिपावली पार्टी आयोजना गरिन्, जसमा अन्य सेलिब्रेटीसँगै जान्ह्वी कपुर पनि प्रकट भइन् । जान्ह्वी अहिलेसम्म सिल्भर स्त्रिmनमा देखा परेकी छैनन् । यद्यपी बलिउडमा उनी लाइमलाइटमा छिन् । श्रीदेवीकी छोरी हुनुको नाताले मात्र होइन, बेलाबखत देखिने ग्ल्यामर शैलीले पनि हो ।

उनै जान्ह्वी सिल्पाको पार्टीमा परम्परागत पहिरनमा झुल्किइन् । उता यशराज फिल्म्स्का हर्ताकर्ता आदित्य चोपडा र रानी मुखर्जीले आयोजना गरेको दिपावली पार्टीमा करन जौहर र दीपिका पादुकोण पुगेका रहेछन् ।

अनिल कपुरले पनि भव्य रुपमा दिपावली मनाए । यसमा उनलाई साथ दिन दीपिका पादुकोण सेतो रंगको परम्परागत पहिरनमा पुगेकी थिइन् । करण जौहर कुर्ता पाइजामा हाजिर भएका थिए । त्यसका साथै शाहरुख खान, सोनाक्षी सिन्हा र चंकी पान्डेकी छोरी अनन्या पनि पार्टीमा देखापरे ।
स्टार्स किडको चर्चा

अहिले स्टार्स किडको बलिउडमा चर्चा हुन थालेको छ । जस्तो कि चंकी पान्डेदेखि श्रीदेवीकी छोरीसम्म कहाँ पुगे, कसको हात समातेर पुगे भन्ने कुरा चासोको विषय बन्न थालेको छ ।

त्यसो त सैफ अली खान र करिना कपुर पुत्र तैमूरलाई पनि मिडियाले पछ्याउने गरेको छ । तैमुरलाई लिएर यसपाली सैफ र करिना आफ्नो कार्यलय पुगे । लक्ष्मीपूजा धुमधाम मनाए । सेतो कुर्ता पाइजामामा तैमुर ‘क्यूट’ देखिएका थिए ।

सञ्जु भाई अर्थात संजय दत्तले आयोजना गरेको पार्टीमा सलमान खान, आमिर खान पुगेका थिए । त्यहाँ ज्याकलिन फर्नाडिज, शिल्पा सेट्टी, अनिल कपुर, विद्या वालन, ऋषि कपुर लगायतको उपस्थिती थियो ।

यसकारण बिग बीले राखेनन् पार्टी

बिग बी अर्थात अमिताभ बच्चन परिवारले भने एकदमै सामान्य ढंगले लक्ष्मीपूजा मनाएको तस्विर सार्वजनिक भयो । कुनै झकिझकाउ नभएको पूजास्थलमा अमिताभसँगै पत्नी जया, छोरा अभिषेक, ऐश्वर्य र नातिनी आराध्य पूजा गरिरहेका देखिन्थ्यो ।

यसअघि उनीहरुले दिपावलीमा भव्य भोज आयोजना गर्थे । तर, यसपाली भने त्यसो गरेनन् । केवल बच्चन परिवारले लक्ष्मी पूजा मात्र गरे । कारण, ससुरा तथा ऐश्वर्यका पिता कृष्ण राज रायको यसैपाली निधन भएकाले उनीहरुले भोज गर्न उचित ठानेनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment