Comments Add Comment

शाहरुख-गौरीको बिवाहको पहिलो रात, हेमा मालिनीले बिथोलेकी थिइन्

बलिउड बादशाह शाहरुख खान र गौरी खानको दाम्पत्य जीवन २६ औं बर्षमा प्रवेश गर्दैछ, अक्टोबर २५ । उनीहरुले १९९१ म्ा हिन्दु परम्परा अनुसार बिवाह गरेका थिए । रोचक त के भने, उनीहरुको बिवाहको पहिलो रात अर्थात हनिमुन फिल्मको सेटमा बितेको थियो । र, यसको कारण थिइन्, हेमा मालिनी ।

शाहरुख र गौरीको बिहे हुने दिन हेमा मालिनीले फोन गरेर शाहरुखलाई भनेका थिए, ‘तिम्रो इच्छा छ भने सुटिङमा आउन सक्छौं ।’ हेमा मालिनी त्यसताकाकी चर्चित हिरोइन । शाहरुखले सोचे, हेमा मालिनीसँग भेट्नु गौरीका लागि पनि ‘सरप्राइजिङ’ हुन्छ ।

त्यसबेला हेमा मालिनीले निर्माण र निर्देशन गरेको फिल्म ‘दिल आशना है’मा शाहरुख अनुबन्धित थिए ।

शाहरुख गौरीलाई साथमा लिएर स्टुडियो पुगे । तर, हेमा मालिनी त्यहाँ थिइनन् । त्यहाँ साहायक निर्देशक थिए । उनैले हेमा मालिनी चाडै आउने भनेर शाहरुखलाई थमथमाए ।

गौरीसँग शाहरुख एक कोठमा बसे, हेमा मालिनीको प्रतिक्षामा । रातको ११ बज्यो । शाहरुखले गौरीलाई मेकअप रुममै छाडेर सुटिङका लागि हिँडे । करिब दुई बजेसम्म सुटिङ जारी रह्यो । तर, त्यसबेलासम्म पनि हेमा मालिनी आइपुगेकी थिइनन् ।

शाहरुख मेकअप रुममा फर्के । त्यहाँ गौरी साडी र गरगहनामै फलामको कुर्सीमा निदाइरहेकी थिइन् । शाहरुखलाई एकदमै नरमाइलो लाग्यो । तर, उनी केहि गर्न सक्ने अवस्थामै थिएनन् । किनभने त्यो उनको सर्घषको बेला थियो ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment