Comments Add Comment

‘हामी नेपाली एसोसिएसन’ले युएईमा नेपाल महोत्सव गर्ने

२० अक्टोबर, युएई । युएईको सरकारी निकायमा औपचारिक रुपमा दर्ता भएको एकमात्र नेपाली सामाजिक संस्था ‘हामी नेपाली एसोसिएसन’ ले युएईमा नेपाल महोत्सव गर्ने भएको छ ।

नेपाली उत्पादनलाई विश्वबजारमा परिचित गराउँदै नेपाली कला, संस्कृति र पर्यटनको विकासमा योगदान पुर्याउन उक्त महोत्वसले सहयोग पुग्ने एसोसिएसनको लक्ष्य रहेको छ ।

नेपालमा लगानी गर्न विदेशीहरुलाई प्रेरित गर्ने उद्देश्यले महोत्सवको आयोजना गर्न लागिएको एसोसिएसनका अध्यक्ष डा. दिनेश आचार्य बताएका छन् ।

एसोसिएसनले बरदुबईस्थित आफ्नै कार्यालयमा २० अक्टोबर, शुक्रबारका दिन एक पत्रकार सम्मेलनको आयोजना गरी आफ्ना भावी कार्ययोजना र अहिलेसम्म सम्पन्न गरेका कामहरुबारे जानकारी गराएको हो । आगामी दुई महिना भित्रमा आयोजना गर्ने योजनाका साथ महोत्सवका लागि प्रशासनिक कामहरु भइरहेको जानकारी सम्मेलनमा गराइयो ।

युएईमा समस्यामा परेका नेपालीहरुको हितका लागि स्थापना भएको यस सामाजिक संस्थाले गत वषर्ामा नेपालमा बाढी आउँदा नवलपरासी लगायतका जिल्लाहरुमा नौ हजार दिराम्स -करिब ३ लाख रुपैयाँ) बराबरको राहत सामग्री वितरण समेत गरेको जानकारी दिइएको छ ।

एसोसिएसनका अध्यक्ष डा. आचार्यको लगानीमा सञ्चालित डिडीए ग्रुप अन्र्तगतका एभरेस्ट मिडिया, एभरेस्ट रेस्टुरेन्ट, हिमालय रेस्टुरेन्टले समेत बाढीपीडितको राहतका लागि आर्थिक रुपमा सहयोग गरेका थिए । त्यसरी नै संयुक्त बाढीपीडित संयन्त्र युएईमा पनि हामी नेपाली एसोसिएसनले करिब एक लाख रुपैयाँ बराबरको सहयोग गरेको थियो ।

नेपालको सुस्ता बस्तीमा बाढी आउँदा बस्न मिल्ने सार्वजनिक भवनको निर्माण समेत एसोसिएसनले गरिदिने जानकारी गराइएको छ । उक्त भवन स्थानीय सञ्चालक समिति गठन गरी हस्तान्तरण गरिनेछ ।

उक्त एसोसिएसनका अध्यक्ष डा.आचार्यले संस्था दर्ता भएलगत्तै सामाजिक सेवा तथा एसोसिएसनका गतिविधिमा सहयोग पुगोस् भनी एक लाख पचास हजार दिराम्स (करिब बयालीस लाख रुपयाँ)को कोष स्थापना व्यक्तिगत रुपमा अध्यक्ष डा. आचार्यले गरेका थिए ।

त्यसैगरी एसोसिएसनले युएईमा नेपाली पत्रिका प्रकाशनको लागि तयारी थालेको जानकारी समेत पत्रकार सम्मेलनमा गराइएको छ । संस्थालाई व्यवस्थित रुपमा सञ्चालन गर्नका लागि एक जना स्नातक उत्तीर्ण पत्रकारिता र कार्यक्रम सञ्चालन गर्न सक्ने व्यवस्थापकको व्यवस्था गर्ने एसोसिएसनको तयारी भएको उपाध्यक्ष सञ्जय पाण्डेले बताए ।

युएईको नेपाली समुदायमा करिब ८० वटा संघसंस्था क्रियाशील भए पनि यहाँको स्थानीय निकायमा दर्ता नगरी सञ्चालन गर्नु स्थानीय कानुन विपरीत हुने भएको स्मरण गराउँदै राजनीतिक दलका भातृ संगठनबाहेकका सबै संघसंस्थाका प्रतिनिधिहरुले एसोसिएसनको सदस्यता लिन सकिने सम्मेलनमा जानकारी गराइयो ।

गोल्ड, सिल्भर र साधारण गरी तीन प्रकारका सदस्यता एसोसिएसनले जारी गर्ने र सो पत्रका आधारमा युएईमा वैधानिक तरिकाले सामाजिक गतिविधिमा भाग लिन, साँस्कृतिक तथा खेदकुद कार्यक्रम गर्न पाइने एसोसिएसनले जनाएको छ । स्मरण रहोस्, यहाँका कानुनले चन्दा संकलन गर्न, सार्वजनिक स्थलमा भेला भएर बैठक बस्न, आर्थिक क्रियाकलाप गर्न, विना अनुमति साँस्कृतिक कार्यक्रम गर्न प्रतिबन्ध लगाएको छ ।

यद्यपि अधिकांश नेपाली संघसंस्थाले आफ्ना गतिविधि लुकीछिपी गर्दै आएका छन् । एसोसिएसनले युएईमा रहेका सबै नेपाली संस्थाहरुको अभिभावक संस्थाको रुपमा काम गरी सबैलाई वैधानिक तरिकाले सामाजिक गतिविधि गर्न सुझाव दिएको छ ।

स्थानीय निकायले नेपाली संघसंस्थाका गतिविधिलाई नजिकबाट नियालेको कारण भविष्यमा कोही नेपालीहरु समस्यामा नपरुन् भनी सहजीकरण गर्न एसोसिएसन संरक्षणका रुपमा स्थापित भएको सम्मेलनमा जानकारी गराइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment