Comments Add Comment

ताप्लेजुङमा एडीएसएल र फोन सेवा अबरुद्ध

४ कात्तिक,ताप्लेजुङ । ताप्लेजुङमा शुक्रबार विहानबाट अबरुद्ध नेपाल टेलिकमको एडीएसएल र ल्याण्डलाईन सेवा अझै सञ्चालनमा आएको छैन ।

सेवा अवरुद्ध हुँदा हजारौँ सेवाग्राही मर्कामा परेका छन् । नेपाल टेलिकम ताप्लेजुङ वितरण शाखा प्रमुख वीरेन्द्र चेम्जोङका अनुसार शुक्रबार ताप्लेजुङको सुकेटारमा रहेको टावारमा चेक गरिए पनि कुनै समस्या नदेखिएकाले अब पाँचथरको सिलौटिमा रहेको टावरमा चेक गरेपछि मात्र समस्याका विषयमा पत्ता लाग्ने छ ।

शनिबार विदा भएकाले र कर्मचारी तिहार मनाउन गएकाले आइतबार मात्रै सो स्थानको टावर चेक गरिने चेम्जोङ्ले बताए ।

सो स्थानमा नै विगि्रएको पााइए सम्भवत आइतबार बेलुकाबाट सेवा सञ्चालनमा आउने उनले बताए ।

टेलिफोनसँगै एडीएसएल सेवा अबरुद्ध हुँदा सबै भन्दा बढी स्थानीय सञ्चार माध्यम र सञ्चारकर्मी प्रभावित भएका छन् ।

जिल्लामा ईन्टरनेटका लागि सबैभन्दा बढी एडीएसएल सेवा वितरण गरिएको छ भने केही प्रयोग कर्ताले भने ईन्टरनेट सेवा प्रदायक सुविसु कम्पनीको ईन्टरनेट प्रयोग गर्दै आएका छन् ।

सो कम्पनीको ईन्टरनेट भने चालु अबस्थामा रहेकाले अत्यावश्यक इमेलका लागि सोमबार विहानैदेखि सेवाग्राहीले सो सेवा प्रदान गरेको स्थानबाट सेवा लिइरहेको सुविसुका ताप्लेजुङ ईन्चार्ज युगराज गुरुङले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment