Comments Add Comment

साढे ९ लाखसहित जुवाको खालबाट २६ जना पक्राउ

४ कात्तिक, बुटव । रुपन्देहीको तिलोत्त्मामा साढे ९ लाख नगदसहित २६ जना जुवाको खालबाटा पक्राउ परेका छन् ।

तिहारको समयमा जुवा खेलिरहेका उनीहरुलाई तिलोत्तमा नगरपालिका-५ स्थित मणिग्रामका मनिष अधिकारीको घरमाबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उनीहरुको ९ लाख ४६ हजार १९५ रुपैयाँ र कौडा १६ थान तथा तास समेत बरामद गरिएको इलाका प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक (डीएसपी) पवनकुमार भट्टराइले अनलाइनखबरलाई जानकारी दिए ।

जुवा ऐन अन्तर्गत उनीहरुलाइ कारबाही हुने डीएसपी भट्टराईले बताए । गएराती २ बजेको समयमा उनीहरु पक्राउ परेका हुन् । पक्राउ परेका सबै इलाका प्रहरी कार्यालयको नियन्त्रणमा छन् ।

पक्राउ पर्नेमा यातायात ब्यबसायी ,शिक्षक र ब्यापारी रहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment