Comments Add Comment

पाठेघर क्यान्सर पीडितको उपचारका लागि देउसीभैलो

३ कात्तिक, सिमरा । बाराको कोल्हबी नगरपालिकामा देउसीभैलो खेलेर संकलन गरेको रकम क्यान्सर पीडितको उपचारका लागि सहयोग गरिने भएको छ ।

कोल्हबी-८ कि २२ वर्षकी उमा बास्तोला बिगत १ वर्षदेखि पाठेघरको क्यान्सरले थलिएकी छन् ।

बिपन्न परिवारकी बास्तोलालाई उपचारार्थ स्थानीय सनराईज युबा क्लब, नयाँ बस्तीले देउसी भैलो कार्यक्रमको सुरू गरेको छ ।

देउसीभैलो उद्घाटन कार्यक्रममा कोल्हबी नगरपालिकाका नवनिर्वाचित मेयर भरत भण्डारीले बिरामिको उपचारमा देउसीभैलोबाट रकम संकलन गर्नुपर्ने दुखद कुरा रहेको भन्दै आफूले नगरमा यस्ता बिरामिका लागि नीति नै बनाएर स्वाथ्य समस्यालाई विशेष प्राथमिकतामा राख्ने प्रतिबद्धता जनाए ।

उनले १५ हजार सहयोग गरी बिरामिको उपचार सुरु गराउन परिवारलाई आग्रह समेत गरेका छन् ।

देउसीभैलो अइतबारसम्म खेलिने आयोजक सनराइज युबा क्लबका अध्यक्ष लिला बस्नेतले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment