Comments Add Comment

११ सय भूकम्पपीडितले चिठ्ठामा परेको ट्याक्सी अरुलाई नै बेचे


४ कात्तिक, काठमाडौं । सरकारले स्वरोजगारीका लागि दिएको करिब ११ सय ट्याक्सी भूकम्पपीडितले अन्यलाई नै बेचेका छन् । सरकारले दिएको ट्याक्सीको नम्बर प्लेट पीडितले अन्यलाई नै बिक्री गरेका हुन् ।

सरकारले १४ जिल्लाका भूकम्प पीडितका लागि एक हजार पाँच सय वटा ट्याक्सीको नम्बर वितरण गरेको थियो ।

सगत साउन ११ गतेदेखि भूकम्पपीडितलाई गोलाप्रथामार्फत् दिएको ट्याक्सीको दर्ता प्रक्रिया चलिरहेको छ । ट्याक्सी दर्ता मंसिर मसान्तसम्म गरिसक्नुपर्ने यातायात ब्यवस्था विभाग, साना-ठूला सवारी कार्यालय एकान्तकुनाका प्रमुख बसन्त अधिकारीले अनलाइनखबरलाई जानकारी दिए ।

काठमाडौंमा ट्याक्सीको नियमित दर्ता बन्द भएकाले भूकम्पपीडितले पाएको ट्याक्सीको नम्बरका लागि पाँच लाखसम्म खर्चिनेहरु भेटिएका छन् ।

भूकम्प पीडितलाई प्रभावमा पारेर प्लेट खरिद गर्न बिचौलियाहरु पनि सक्रिय भएका छन् । अहिलेसम्म साना-ठूला सवारी कार्यालय एकान्तकुनामा भूकम्प पीडितले पाएका झण्डै १२ सय ट्याक्सी दर्ता भएका छन् ।

यसमध्ये करिब सय वटा ट्याक्सी मात्रै भूकम्पपीडितले आफ्नो नाममा दर्ता गरेका अधिकारीले बताए । झण्डै ११ सय ट्याक्सी भूकम्पपीडितले अन्यको नाममा नामसारी गरिदिएका छन् । विभागले ट्याक्सी दर्ता रोकेपनि नामसारी रोकेको छैन ।

‘नम्बर पाएका भूकम्प पीडित स्वयमले ट्याक्सी नल्याएसम्म दर्ता नगर्ने ब्यवस्था छ,’ कार्यालय प्रमुख बसन्त अधिकारीले भने, ‘तर, दर्ता गर्ना साथै नामसारी भइरहेको छ ।’

कानुनतः ट्याक्सी नामसारी गर्न पाइने भएकाले रोक्न पीडितले आफूले लक्ककी ड्रबाट हात पारेको नम्रब प्लेट स्वरोजगार बन्न चाहाने अन्यलाई बेचेको उनको भनाइ छ ।

यसरी नामसारी गर्दा भूकम्पपीडितले अनौपचारिक रुपमा ५ लाखसम्म रकम बुझेका छन् । यसले भूकम्प पीडितलाई स्वरोजगार बनाउने उद्देश्य भने पुरा नहुने भएको छ ।

आफैंले ट्याक्सी चलाउन नसक्ने, कोठा सरेर काठमाडौं नै आउनुपर्ने, कमाइका लागि अरुको भर पर्न नसक्ने लगायतका कारण भूकम्पपीडितले प्लेट बिक्री गरेको पाइएको विभागले जनाएको छ ।

भूकम्प पीडितका नाममा पाएको ट्याक्सी बेच्नेहरुले भने बैंकले ऋण नदिने भएकाले १६ लाख भन्दा बढी खर्चिएर ट्याक्सी किन्ने अवस्था नभएको तर्क गरेका छन् ।

काठमाडौंमा अहिले साढे ७ हजार ट्याक्सी छन्, जुन २०५७ सालमा ७५ सय हाराहारी थियो । पछिल्लो समय भाडाका ट्याक्सीको नयाँ नम्बर दर्ता पनि रोकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment