Comments Add Comment

चुरोट पिएको तस्वीरबारे माहिराले मुख खोलिन्

केही दिन अगाडि रणबीर कपुर र पाकिस्तानी अभिनेत्री माहिरा खानको तस्वीर इन्टरनेटमा भाइरल बनेको थियो । उनीहरु दुवै न्यूयोर्कमा सँगै देखिएका थिए ।

तस्वीरमा माहिरा झिनो पहिरनमा थिइन् भने उनीहरु दुवैले सिगरेट पिइरहेको देखिन्थ्यो । यसलाई लिएर भारतीयहरुले सामाजिक सञ्जालमा उनीहरुको खेदो गरेका थिए ।
माहिराले अगाडि भनिन्, ‘हाम्रो खुशी, हाम्रो दुख, हाम्रो जिन्दगीको उतारचढाव, हामीसँगै छ । हामीले कसैलाई बताउने मौका दिनु हुँदैन कि हामी के हौं । हामीले त्यही गर्नुपर्छ र रहनुपर्छ जे हामी हौं ।’यद्यपि मामिलामा रणवीर कपूरसमेत समस्त बलिउड हस्तिहरुले माहिरालाई साथ दिए । माहिरा स्वयम् भने मौन थिइन् । तर, हालै एक कार्यक्रममा उनले मुख खोलेकी छिन् । उनलाई पत्रकारहरुले सो तस्वीरबारे प्रश्न गरेका थिए । जवाफमा नायिकाले भनिन्, ‘यसमा मैले बोल्नुपर्ने कुरा केही पनि छैन । तर, यो मेरो एउटा व्यक्तिगत अनुभव थियो र यसबाट मैले धेरै कुरा सिकेँ ।’

माहिरा आफ्नो आगामी फिल्म ‘वरना’ को ट्रेलर लन्चको अवसरमा मिडियासँग साक्षात्कार गरिरहेकी थिइन् । त्यस क्रममा उनले यो पनि भनिन् कि आजकालका मिडिया कार्यक्रमहरुमा मात्रै जाँदैनन्, उनीहरु जहाँ पनि पुग्छन् । त्यसैले जोगिनुपर्छ ।

रणबीर कपूरसँग एक साथ देखिएको प्रसंगमा उनले भनिन्, ‘रणबीर कपूरसँग मेरो भेट बिलकुल निजी मामला थियो । यो मेरो जिन्दगी हो । एउटा केटा र एउटी केटी सँगै घुम्नु अहिलेको जमानामा सामान्य कुरा हो ।’

यसअघि सामाजिक सञ्जालमा मारियालाई ट्रोल गरिएपछि रणवीरले उनको बचाउ गरेका थिए । उनले भनेका थिए, ‘मैले पछिल्लो केही महिनामा माहिरालाई निजी तवरले चिनेको हुँ । म उनको इज्जत गर्छु किनकि उनी एक असल मानिस हुन् । महिला भएकै कारण उनलाई यसरी जज गरिनु राम्रो होइन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment